- आन्छुमे नसान
माङसेबुङ । गितकार, गायक तथा संगीतकार एजे एजेयुले प्रेमिल गित ‘मन्दिर धाए’ सार्वजनिक गरेका छन् ।
एजे एजेयुकै शव्द, संगीत तथा स्वर रहेको गित ‘मन्दिर धाए’को म्युजिक भिडियो एजे एजेयु अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरेका हुन् ।
भिडियोमा रमेश पुन मगरको निर्देशन तथा एजे एजेयुको छायांकन रहेको छ । लवकुश खाती र सृष्टि श्रेष्ठको फिचरिङ रहेको भिडियोमा रोजिना श्रेष्ठको मेकअप रहेको छ ।
भिडियोमा नविन वोहोराको सम्पादन र मिन रावलकोको कलर रहेको छ ।
उपेन्द्र लिम्बूको संगीत संयोजन, रेकर्डिङ र मिक्सिङ तथा मास्टरिङ रहेको गित मेरो स्टुडियो रेकर्ड गरिएको हो ।
अडियो भिडियो एजे एजेयुलेनै निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोस…