मुक्कुमलुङ
- कवि सुक योङहाङ
पाइला पाइलामा
निरंकुशता झल्कन्छ ।
स्वार्थ देखिन्छ ।
मुक्कुमलुङको छातीमा
सुन्दर फुलहरु
कुल्चन मिल्छ ?
भाँच्न मिल्छ ?
आकाश कालो हुदै
मराडिदै छ ।
धुम्म हुदै छ ।
अलमलिएका छन ।
जोडी परेवाहरु ।
युद्ध पर्खाइमा छ ।
उजाड बनाउन ।
असिनाहरु झर्दै छन ।
फुलहरु चुटिदै छन ।
मक्ुकुमलुङ
सडयन्त्रको जन्जिर भित्र ।
रोइ रहेछ
कराई रहछ
स्वतन्त्रताको लागि
न्याय हराएको देशमा
मलाइ म जस्तै भएर बाँच्न देउ ।
मलाइ म जस्तै आकरमा बस्न देउ ।
यहाँ सुनेर
नसुन्नेहरुको सासन रहेछ ।
यहाँ देखेर
देख्न नचाहनेहरुको मनोमानि रहछ ।
कोडीहरु
मतलवीहरु
नाँच्ने रहेछन् ।
हाँस्ने रहेछन् ।
गिद्धहरु
निरंकुशको छेउमा बसेर
रमाउदै छन ।
स्यालहरु
मुन्धुम स्थल डुल्दै छन ।
भत्काउन
विगार्न
अचेल
बिछट्टमा
हामीसँग
मुक्कुमलुङ रोइ रहेछ ।
गुहार मागि रहेछ ।
कचनकवल, झापा