बहुप्रतिक्षित ‘जारी २’ को छायांकन सम्पन्न, आगामी दसैँमा प्रदर्शन हुने - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बहुप्रतिक्षित ‘जारी २’ को छायांकन सम्पन्न, आगामी दसैँमा प्रदर्शन हुने

माङसेबुङ । कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको बहुप्रतिक्षित चलचित्र ‘जारी २’ ‘सङ अफ च्याब्रुङ’को छायांकन सम्पन्न भएको छ ।

पाँचथर विभिन्न स्थानहरुमा गरिएको चलचित्रको छायांकन ३६ औं दिनमा सम्पन्न भएको हो । यो चलचित्र २०८० सालको सुपरहिट फिल्म ‘जारी’को सिक्वेल हो ।

फिल्मको छायांकन सकिएसँगै निर्माण टिमले फिल्म दसैँमा प्रदर्शन गर्ने बताएका छन् । तर गते भने तोकिएको छैन ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता रामबाबु गुरुङ हुन् ।

चलचित्रमा दयाहाङ राई र मिरुना मगर, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, वेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।

कवि तथा निर्देशक सुब्बाको डेब्यु निर्देशन ‘जारी’ २०८० सालमा सर्वाधिक कमाउनेको पहिलो नम्बरमासमेत परेको थियो ।

सम्बन्धित खवर