- आन्छुमे नसान
माङसेबुङ । गायक कृष्ण रेउले र गायिका निरन्ता नेम्वाङको आवाजमा विल्कुलै नयाँ गित ‘जुनिभरि हाँसेर’ सार्वजनिक गरिएको छ ।
गायिका नेम्बाङकै शव्द र गायक रेउलेकै संगीत रहेको गीतकोे ‘जुनिभरि हाँसेर’को म्यूजिक भिडियो सार्वजनिक युट्यूवबाट सार्वजनिक गरिएको हो ।
गायक कृष्ण रेउलेकै निर्देशन रहेको भिडियोमा आरुशी मगर, कृष्ण रेउले, निरन्ता नेम्वाङ र सन्तोष सेञ्चुरीको अभिनय रहेको छ ।
भिडियोमा विशाल स्याङ्जालीको कोरियोग्राफी र श्याम पटेलको सहयाक कोरियोग्राफी रहेको छ ।
अजय रेग्मीको छायंकन रहेको भिडियोमा विमला तामाङको मेकअप तथा मिलन विश्वकर्माको सम्पादन तथा कलर रहेको छ ।
डाइनामिक स्टुडियोमा लक्षमण विश्वकर्मले रेकर्ड गरेको गितको संगीत संयोजन तथा मिक्सिङ विमल छिनालले गरेका हुन् ।
पुर्वेली लोकभाकामा याक्थुङ लिम्बूहरुको मौलिक भाका पालाम र पश्चिमेली लोकभाकामा देउडा भाकालाई समेटेर फ्युजन गरिएको गितको भिडियो निरन्ता नेम्वाङ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…