उत्कृष्ट चलचित्र र निर्देशकको अवार्ड लिम्बू चलचित्र ‘चे’ ले पायो - Mangsebung News
  • बुधबार, साउन ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उत्कृष्ट चलचित्र र निर्देशकको अवार्ड लिम्बू चलचित्र ‘चे’ ले पायो

काठमाडौँ । पाँचौ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२’ मा याक्थुङ लिम्बू भाषिक चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड सहित उत्कृष्ट निर्देशकको अवार्ड हात पारेको छ ।

गत असार ६ देखि ८ सम्म सञ्चालन भएको ३ दिने महोत्सवमा सागर केरुङद्वारा निर्देशित चलचित्र ‘चे’ ले उत्कृष्ट चलचित्र अवार्ड हात पारेको हो ।

यसैगरी यसै चलचित्रबाट निर्देशक सागर केरुङले ‘उत्कृष्ट चलचित्र निर्देशक अवार्ड’ जितेका हुन ।

महोत्सव विभिन्न भाषा गरि करिब ३ दर्जन चलचित्र हरु सहभागी थिए ।

यसअघि तेश्रो महोत्सवमा पनि लिम्बु चलचित्र ‘के’ ले बिजय प्राप्त गरेको थियो । तेश्रो महोत्सवमा नायक निर्माता भिम प्रसाद तुम्बाहाङ्फेको ‘केसाङ्ला’ले पब्लिक चोइस अवार्ड जितेको थियो भने चौथो महोत्सवमा चलचित्र ‘सुगुप’ले सम्पादन, ब्याग्राउण्ड म्युजिक र छायाङ्कन बिधामा अवार्ड हात पारेको थियो ।

बर्तमान राजनीतिक परिवेशले आदिवासी समाधिस्थल माथीको आक्रमण लाई बिषयबस्तु बनाईएको लिम्बु चलचित्र ‘चे’ अगस्ट १७ मा हङ्कङ र कोरियामा प्रदर्शन हुने लेखक तथा निर्देशक सागर केरुङ ले बताए ।

आदिवासी जनजाति चलचित्रको पहिलो संस्करण २०७४/२०१७ मा चलचित्र ‘लोम्बा’ मगर भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको थियो भने क्रमश दोस्रो संस्करण २०७५/२०१८ चलचित्र ‘यारी’ राई, तेस्रो संस्करण २०७६/२०१९ चलचित्र ‘के’ लिम्बू, चौथो संस्करण २०८१/२०२४ चलचित्र ‘रोश’ मगर, र पाँचौ संस्करण २०८२/२०२५ चलचित्र ‘चे’ लिम्बू भाषाको चलचित्रले उत्कृष्ट अवार्ड जितेको हो ।

रक्षामन्त्री मानबिर राईको आतिथ्यतामा समुदघाटन गरिएकामहोत्सवमा सोहि दिन चलचित्र निर्देशक नवीन सुब्बा र निर्देशक राजकुमार राई लाई सम्मान गरिएको थियो ।

सम्बन्धित खवर