एकदेव लिम्बु र नेहा कक्करको हिन्दी गीत ‘झिम झिम’ रिलिजको तयारीमा - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

एकदेव लिम्बु र नेहा कक्करको हिन्दी गीत ‘झिम झिम’ रिलिजको तयारीमा


माङसेबुङ । नेपाली गायक एकदेव लिम्बुको विश्वचर्चित गित ‘झिमझिमाउने आँखा’ को हिन्दी संस्करण ‘झिम झिम’ जुन २७ मा सार्वजनिक हुने भएको छ ।

चर्चित भारतीय गायिका नेहा कक्करसँगको सहकार्यमा लिम्बूको गित ‘झिमझिमाउने आँखा’ को हिन्दी संस्करण ‘झिम झिम’ सार्वजनिक हुने भएको हो ।

गीतको भिडियो प्लेडीएम अफिसियल युट्युब च्यानलबाट रिलिज हुने एकदेवले बताएका छन् । ‘यो क्षण मेरो करिअरको सबैभन्दा ठूलो कोशेढुंगा हुनेछ’ एकदेवले लेखेका छन् ।

हिन्दी गीतको कम्पोज चाहिँ रजत नागपालले गरेका छन् । गीतको टिजर बुधबार आउनेछ ।

लिम्बुको गीत ‘झिमझिमाउने आँखा’ नेपाली संस्करण युट्युबमा ३ करोड २० लाखभन्दा बढी पटक हेरिएको छ र टिकटकमा पनि व्यापक लोकप्रियता कमाएको छ । युट्युब म्युजिकको ग्लोबल ट्रेन्डिङमा परेको यो गित विभिन्न देशको युट्युब ट्रेन्डिङमा पनि परिसकेको छ ।

सम्बन्धित खवर