- आन्छुमे नसान
माङसेबुङ । गायिका गंगा फियाक र गायक नोगेन हाङ्सरुम्बाको आवाजमा विल्कुलै नयाँ गीत ‘साम्याङ युप्पा’ सार्वजनिक गरिएको छ ।
लक्ष्मी नाम्लाक्पा नेम्बाङको शव्द तथा विवेक हाङ्सरुम्बा र सागर केरुङको संगीत रहेको लिम्बू भाषाको ‘साम्याङ युप्पा’ बोलको म्युजिक भिडियो गायिका ‘गंगा फियाक’ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
दिनेश माङमु लिम्बूको कथा तथा निर्देशन रहेको भिडियोमा सुभम चाम्लिङ राई र सन्ध्या फियाकले अभिनय गरेका छन् ।
पप र लिम्बू मौलिक लय फ्युजन गरिएको गितको भिडियोमा मायासँग सम्पत्तिको तुलना हुनै नसक्ने सुन्दर अनि निःस्वार्थ प्रेम कथा प्रस्तुत गरिएको छ ।
माङमु फिल्मस्को पोष्ट प्रडक्शनमा सुजन श्रेष्ठको छायांकन, डि एन एक्सको सहायक छायांकन, गीता योञ्जनको मेकअप रहेको भिडियोमा अनिल रानको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस…