माङसेबुङ । चर्चित गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजमा गित ‘झिम झिम’को हिन्दी भर्सन युट्युबमा सार्वजनिक भएको छ ।
एकदेवसँगै राना सोतालको शव्द तथा रजत नागपालको संगीत रहेको गित ‘झिम झिम’को हिन्दी रिमेक गित प्लेडिएफएफ नामक युट्युबबाट सार्वजनिक गरिएको हो ।
स्नेहा सेट्टी कोलीले निर्देशन गरेको गितको भिडियोमा कलाकार ऋतविक साहोरे र अभिनेत्री प्रिया वारियरको अभिनय छ ।
गित हिन्दी भाषामै भएपनि ‘झिम झिम’बोलको स्थायीलाई भने नेपाली भाषामै समेटिएको छ । नेहा कक्करले पनि यो स्थायीलाई नेपाली शब्दमै गाएकी छन् ।
गितको भिडियोमा यी दुई कलाकारले यस्ता चरित्रमा अभिनय गरेका छन्, जो विवाह हुँदै गरेको समारोहमा भेटिएका छन् ।
नेपाली र हिन्दी दुवै भाषालाई मिश्रण गरेर तयार पारिएको गितमा एकदेवले हिन्दीमा गाएका छन् भने नेहाले नेपालीमा गाएकी छन् ।
नेहाले गीतको हुकलाइन ‘झिमझिमाउने आँखाले मनै मेरो अल्झेछ, आँखा लोभी मन पापी भुतुक्कै भएँ म’ नेपालीमा गाएकी छन् ।
छ महिनाअघि युट्युबमा रिलिज भएको एकदेवको ‘झिमझिमाउने आँखा’लाई अहिलेसम्म तीन करोड २० लाखपटक हेरिएको छ । यो गीत ग्लोबल ट्रेण्डिङमा समेत परेको थियो । एकदेवका ‘शीरफूल’, ‘आँखामा आउने सपनी’, ‘तिम्रो मुटुमा’ जस्ता गीतहरु चर्चित छन् ।
भिडियो हेर्नुहोस…