माङसेबुङ । फक्ताङलुङ साँस्किृतिक मञ्च संघीय समितिको पाँचौं महाधिवेशन हुने भएको छ ।
‘याक्थुङ साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो’ भन्ने मुल नारा बोकेको याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्किृतिक मञ्चको पाँचौं महाधिवेशन आगमी असार २१ गते शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा सम्पन्न हुने भएको हो ।
मञ्चको पाँचौं महाधिवेशन आगमी असार २१ गते शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा हुने आयोजक फक्ताङलुङ साँस्किृतिक मञ्च संघीय समितिका अध्यक्ष पुर्ण कुमार सेर्मा ‘यादन’ले बताए ।
अध्यक्ष सेर्माका अनुसार समुद्घाटन समारोह विहानको ११ वजे सुरु हुनेछ । यस्तै उद्घाटन सत्र समापन पश्चात सोहि दिन नै बन्द सत्र, र नयाँ कार्य समिति चयन गर्ने कार्यतालिका रहेकोे अध्यक्ष सेर्माले बताए ।
अध्यक्ष पुर्णकुमार सेर्मा ‘यादन’ गत २०७९ जेठ २१ गते शनिबार सम्पन्न फक्ताङलुङ साँस्कृतिक मञ्चको चौथो संघीय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए ।