
- आन्छुमे नसान
माङसेबुङ । गायिका गंगा फियाक र गायक गगनप्रकाश लावतीको आवाजमा पालाम ‘लुङ्मेन्दिङ सेवा’ सार्वजनिक गरिएको छ ।
गितकार खोल्से जेठाको शव्द संकलन रहेको पालाम ‘लुङ्मेन्दिङ सेवा’को भिडियो गायिका गंगा फियाकको अफिसियल युट्युब च्यानल गंगा फियाकबाट सार्वजनिक गरिएको हो ।

गायक उदय बेघा र गायिका रबिना आङदेम्बेको समेत आवाज रहेको पालाममा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको पालामको रेकर्डिङ तथा मिक्सिङ सुरेश राईले गरेका हुन् ।
पालाम भिडियोमा टेकिन्द्र सेन्दाङ‚ गगनप्रकाश लावती‚ धीरेन्द्र रुम्दाली राई‚ थोक्फेला लिङ्देन‚ गंगा फियाक‚ रेखा लावती र माया पाख्रिन लोक्तामको अभिनय रहेको छ ।
पालाम हेर्नुहोस…








