
माङसेबुङ । प्रकाश सुब्बाको लेखन तथा निर्देशनमा चलचित्र ‘मुन्धुम’ निर्माण हुने भएको छ । निर्माण टिमले अफिसियल पोस्टर सार्वजनिक गर्दै चाडैं प्रदर्शनमा आउने जनाएको छ ।
फक्तालुङ फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘मुन्धुम’मा पुर्ण लिम्बू, सन्जु लिम्बु, प्रेम सुब्बा, बिजय सन्योक सुब्बा, राज काउचा, अप्सरा शेर्मा, बिनिता राई सुब्बा, राज कुमार आङ्दाङ्बे, नारायन ल्वागुन, बिनिता लिम्बू, सागर केरुङ, सगार सिङगल लगायतले अभिनय गर्ने भएका छन् ।
भने धड्कन लिम्बूको मुख्य सहायक निर्देशन तथा अस्मिता लावतीको सहायक निर्देशनमा निर्माण हुने चलचित्रको प्रोड्क्सन डिजाइनमा राज थापा काउचा रहेका छन् ।
रुपक जिमीको कला निर्देशन र गङ्गा राम राईको छायांकन रहने चलचित्रमा प्रडक्शन कन्ट्रोलरमा टिका कार्की र एक्जुकेटिभ प्रोड्युसरमा आयुब केसी रहेका छन् ।
याक्थुङहरुले मानिने सामसामा मुन्धुमको आस्था र विश्वास पद्दतिको अभ्यास के हो र किन छ भन्ने कुरा देखाउन यक्थुङ जातीहरुको दर्शन र बिश्वास पद्दति र आस्था बुझोस भन्ने सोचले यो चलचित्र निर्माण गर्न लागेको निर्देशक प्रकाश सुब्बाले जानकारी दिएका छन् ।








