गगन प्रकाश लावतीको अवाजमा ‘हाक्पारे’ साम्लो सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गगन प्रकाश लावतीको अवाजमा ‘हाक्पारे’ साम्लो सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक गगन प्रकाश लावतीको आवाजमा ‘हाक्पारे’ साम्लो सार्वजनिक गरिएको छ ।

फक्ताङलुङ आइडल सेक्फुङ ३ का फाइनलिष्ट समेत रहेका गायक लावतीको आवाजमा रहेको ‘हाक्पारे’ साम्लो यादन सेर्मा लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘हाक्पारे’ साम्लोमा गितकार सुबर्ण नेम्बाङ ‘यम्बे’को शव्द संकलन तथा गायक तथा संगीतकार यादन सेर्मा नुनाम सेर्माको लय संकलन रहेको छ ।

मनोज साङसोन राईको संगीत संयोजन रहेको ‘हाक्पारे’ साम्लोलाई किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेका हुन् ।

साम्लोमा गगा फियाक, असल तुम्रोक, राजेन्द्र सेर्मा, दर्पण सेर्मा र सुनिता लावतीको समेत आवाज रहेको छ ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गगन प्रकाश लावती, सागर केरुङ, रत्न लिङदेन लावती, नरेश वनेम, मिरा फियाक, सुनिता लावती, गगा फियाक, जेपी नेम्बाङ, राजेन्द्र सेर्मा, अशल तुम्रोक र उदय बेघाको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर