प्रेम सेन र सुनिता थेगिमको ‘म्याङ्लुङ बजार’ सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेम सेन र सुनिता थेगिमको ‘म्याङ्लुङ बजार’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक प्रेम सेन र गायिका सुनिता थेगिमको आवाजमा नयाँ पुर्वेली गित ‘म्याङ्लुङ बजार’ सार्वजनिक गरिएको छ ।

गायक प्रेमकै शब्द तथा संगीत रहेको गित ‘म्याङ्लुङ बजार’ गायिका थेगिमसँगको सहकार्यमा गायक सेनले लामो समयपछि सार्वजनिक गरेका हुन् ।

प्रेम सेनकै परिकल्पना तथा निर्माण रहेको भिडियो प्रेम सेन युट्युब च्यालनबाट सार्वजनिक गरिएको हो ।

दिनेश पराजुलीको छायांकन, पुनम चौधरीको मेकअप र विकास धमलाको सम्पादन तथा कलर संयोजनमा प्रेमभाव बोकेको यस पूर्वेली भाकाको भिडियोमा प्रेम र सुनिताले नै फिचरिङ गरेका छन् ।

राजु कार्कीको संगीत संयोजन रहेको गित ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ र किशोर थापाले मिक्सिङ गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर