दीपकृत मगरको ‘फूल झैं’ सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दीपकृत मगरको ‘फूल झैं’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक तथा सांगीतकार दीपकृत मगरको विल्कुलै नयाँ गित ‘फूल झैं’ सार्वजनिक गरिएको छ ।

सम्राट चौहानको निर्देशन रहेको भिडियो गायकको आफ्नै च्यानल दीपकृत मगर अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा गायक स्वयम्कै शव्द तथा संगीत रहेको छ ।

ख्याली र आधुनिक पपलाई फ्युजन गरिएको गितको भिडियोमा ख्याली पालामबाट सुरु भएको प्रेमिल जोडीहरुको प्रेम संघर्षको कथा प्रस्तुत गरिएको छ ।

याक्थुङ लिम्बूहरुको विवाह गर्ने परम्परालराई उजागर गरिएको भिडियोमा जेरी लिम्बू विडिसा राई, इन्द्र राई समिर राई र पवन लिम्बूले अभिनय गरेका छन् ।

ख्यालीको शव्द तथा लय संकलन र आवाज इङसोहाङ लिम्बू र प्रभा राईको रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर