
- आन्छुमे नसान
माङसेबुङ । गायिका तारा लिम्बू थेबे र गायक बिवस नेम्बाङको आवाजमा पालाम ‘उन्छोन्बा पान्हा इतुङङिले’(चार भञ्ज्याङ् वारी) सार्वजनिक गरिएको छ ।
रुपा इजाम फोम्बोको शव्द तथा लय संकलन रहेको पालाम ‘उन्छोन्बा पान्हा इतुङङिले’(चार भञ्ज्याङ् वारी) को भिडियो निरु फोम्बोहाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बूको कोरियोग्राफीमा दामी क्रिएशनले तयार पारेको याक्थुङ लिम्बू संस्कृतिमा आधारित पालाम भिडियोमा पूर्ण लिम्बू साँवा, अनिल लिम्बू साँवा, विक्रम लिम्बू, तानम तन्छो लावती, पारुहाङ्मा फोम्बो, नोनिमा फोम्बो, इतुशा फोम्बो, सृजना लिम्बू, हर्क घिसिङ, इन्द्र लिम्बू, सेशर वानेम, मिलन वानेम, हरि कुमार फोम्बो, समुन्द्र माया वानेम फोम्बो, निलिमा सुब्बा फोम्बो, रम्भा फोम्बो, तारा लिम्बू थेबे, रुपा इजाम फोम्बो लगायतले अभिनय गरेका छन् ।
मनोज साङसोन राईको संगीत संयोजन, मिक्सिङ् तथा माष्टरिङ् रहेको पालामलाई किङ्ग स्टुडियोमा रकेर्ड गरिएको हो ।

रुपा इजम फोम्बो, हरि कुमार फोम्बो र समुन्द्रमाय वनेम फोम्बोको निर्माणमा अर्जुन कटुवालको छायांकन, अर्जुन खड्काको सम्पादन रहेको भिडियोमा उर्मिला पौडेलको मेकअप रहेको छ ।
पालाम हेर्नुहोस…








