
- आन्छुमे नसान
माङसेबुङ । गायिका वालकुमारी पन्धाक र गायक शिव सम्बाहाम्फेको आवाजमा पालाम ‘थोक्फेला फुङ’ सार्वजनिक गरिएको छ ।
चन्द्र खाफुङको शव्द संकलन तथा शिव सम्बाहाम्फेको लय संकलन रहेको लिम्बू कल्चरमा आधारित पालाम ‘थोक्फेला फुङ’ को भिडियो सीता पन्धाक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

दामी क्रिएशनले तयरा परेको भिडियोमा सीता पन्धाक, धनमाया पन्धाक, नर्वदा पन्धाक, खीमा पन्धाक, वालकुमारी पन्धाक, कुन्तीमाया वनेम, चन्द्र वनेम, दिलु पन्धाक, शिव सम्बाहाम्फे, जेपी नेम्बाङ, इन्द्र लिङखिम, पिताम्बर पयाङगु, अनिल साँवा, शुरेन्द्र थाम्देन र नर्विन किराती इङनामको अभिनय रहेको छ ।
श्याम लिम्बूको संगीत संयोजनमा श्रद्धा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको पालामको मिक्सिङ मास्टरिङ श्याम लिम्बूले नै गरेका हुन् ।
पालाम भिडियोमा अर्जुन कट्वालको छायांकन तथा अर्जुन खड्काको सम्पादन र कलर रहेको छ ।
पालाम भिडियो हेर्नुहोस…







