
- आन्छुमे नसान
माङसेबुङ । गायिका मिरा फियाक र गायक विवश नेम्बाङको आवाजमा पालाम ‘जोभान माया’ सार्वजनिक गरिएको छ ।
लक्ष्मी नाङ्लाक्पा नेम्बाङको शव्द संकलन रहेको पालाम भिडियोलाई विवश नेम्बाङले निर्देशन गरेका छन् । पालाम भिडियो गायिका फियाकको आफ्नै युट्यूव च्यानल मिरा फियाकबाट सार्वजनिक गरिएको हो ।
पालाममा गायिका गंगा फियाक र गायक अनिल साँवा लिम्बूको समेत आवाज रहेको छ । मनोज साङ्सोन राईको संगीत संयोजन रहेको पालाम किङ्ग स्टुडियोमा सुरेश राईल रेकर्ड गरका हुन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको पालाम भिडियोमा हर्क घिसिङ, अनिल साँवा लिम्बू, भिष्म योङ्हाङ, नविन किराती इङ्नाम, सुरेन्द्र थाम्देन, समुन्द्रमाया वनेम, मिना कुरुङवाङ, इमित्ना आङ्देम्बे र रिना गुरुङको अभिनय रहेको छ ।
लिम्बू संस्कृतिमा आधारित पालाम भएपनि नेपाली भाषामा सृजना गरिएको पालाम भएकोले सबै दर्शकहरुले सजिलै बुझ्न सकिने पालाम बनेको छ ।
पालाम भिडियो हेर्नुहोस…







