भौतिक पूर्वाधारमन्त्री दाहालद्वारा पुवाखोलामा निर्मित बेलीब्रिजको उद्घाटन - Mangsebung News
  • बिहिबार, मङि्सर १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भौतिक पूर्वाधारमन्त्री दाहालद्वारा पुवाखोलामा निर्मित बेलीब्रिजको उद्घाटन

इलाम । फास्ट ट्र्याक नामले परिचित इलाम–झापा जोड्ने (केचना–कञ्चनजंघा मार्ग)को पुवाखोलामा निर्मित बेलीब्रिजको बुधबार औपचारिक उद्घाटन भएको छ ।

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भारतीय राजदूत नवीन श्रीवास्तवले  बेलीब्रिज संयुक्त रूपमा उद्घाटन गरेका हुन ।

भारतीय सरकारको सहयोगमा एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त पुल जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।

बेलिब्रिजले इलाम नगरपालिका वडा नम्बर ९ र ११ समेत जोड्ने काम गरेको छ । पुल २५ टन क्षमताको रहेको डिभिजन सडक कार्यालयले जनाएको छ ।

भारतीय सरकारको सहयोगमा एक करोड ३५ लाख रुपैयाँ लगानीमा बेली ब्रिज जडान गरिएको जनाइएको छ ।

पुल सञ्चालनमा आएसँगै पहाड र तराईको दुरी समेत छोटो भएको छ । बेलीब्रिजले ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापा सम्मको आवतजावत सहज भएको छ ।

सम्बन्धित खवर