
- आन्छुमे नसान
माङसेबुङ । गायिका सबु केसीको तीज विशेष गित ‘तीज आयो’ सार्वजनिक गरिएको छ ।
गीतकार दिपेन्द्र खड्काको शव्द तथा विकास चौधरीको संगीतमा सजिएको गित ‘तिज आयो’ को भिडियो नेपाली नारीहरुको चाड हरितालिका तीजको अवसर पारेर सार्वजनिक युट्यूव मार्फत गरिएको हो ।
कमल राईको निर्देशन तथा सुनिल कार्कीको निर्माणमा बनेको भिडियो गयिका सबु केसीको अफिसियल युट्यूव च्यानल सबु केसीबाट सार्वजनिक गरिएको हो ।

प्रेम लामाको छायांकन, सुमित गुरुङको कोरियोग्राफी, रेजिना खत्री पौडेलको मेकअप र टेकेन्द्र साहको सम्पादन र कलर रहेको भिडियोमा प्रतिक्षा काफ्ले, अस्मिता तामाङ र सबु केसीको अभिनय रहेको छ ।
सञ्जय हमालको संगीत संयोजनमा ए लेबल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीले गरेका छन् ।
भिडियो हेर्नुहोस…







