
- आन्छुमे नसान
माङसेबुङ । निर्देशक तथा कोरियोग्राफर दिनेश माङमुको निर्देशनमा विल्कुलै नयाँ गित ‘रक्सि तीनपाने’ सार्वजनिक गरिएको छ ।
गायक साजन राई र गायिका सरिता राई आङबुहाङको सुमधुर आवाजमा रहेको पुर्वेली लोकभाकामा सजिएको गित ‘रक्सि तीनपाने’ को भिडियो ताप्लेजुङ मिडिया हाउस अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
गितमा सरिता राई आङबुहाङको शव्द तथा साजन राईको संगीत रहेको छ ।

सुजन श्रेष्ठको छायांकन, मोती सिग्देलको सहायक छायांकन रहेको भिडियोमा विमला लिम्बू खजुम, पुर्ण साँवा लिम्बू, विष्णु मोक्तान, मिना महरेसङ, निश्चल कुलुङ राई र कृष्ण सुवेदीले अभिनय गरेका छन् ।
राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गितलाई किङ्ग स्टुडियोमा सुरेश पायल राईले रकर्ड गरेका हुन् ।
प्रेम रोमान्स र कमडी प्रस्तुत गरिएको भिडियोमा कृष्ण सुवेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस…







