
माङसेबुङ । टिभी रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले चुमेकी छन् ।
आइतबार सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले उपाधि चुमेकी हुन् ।
उपाधि चुमेसँगै गंगाले नगद २५ लाख पुरस्कार रुपैयाँ सहित ट्रफी हात पारिन् । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विजेता सोनामलाई ट्रफी हस्तान्तरण गरे ।
बबिता थापामगर फस्ट रनरअप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए । उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे ।
दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो । अभिनय खाती चौथो बने भने मृनल मानन्धर पाँचौ । यी दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते। ।
न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी निर्णायक थिए । आसिफ शाहले होस्ट गरेका थिए ।
यसअघि बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियारले उपाधि जितेका थिए ।







