झापाको दमकमा नाटक ‘उर्फ दारासिंह’ - Mangsebung News
  • सोमबार, कार्तिक ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापाको दमकमा नाटक ‘उर्फ दारासिंह’

माङसेबुङ । एउटा रहस्यमय जीवन बाँचेका कर्ण बहादुर केरुङ्ग उर्फ दारासिङको जीवन कथामा आधारित नाटक ‘उर्फ दारासिंह’ झापाको दमकमा मञ्चन शुरु भएको छ ।

मुन क्रिएसन नेपालको सहकार्य र चुलाचुली रंगमञ्चको प्रस्तुतिमा झापाको दमक स्थित रिभर भ्यु हेरिटेज रिसोर्ट हलमा बिहिबारबाट(असोज २) बाट मञ्चन शुरु भएको हो ।

शुक्रबारबाट भने दिउँसो १ः३० बजे र साँझपख ५ः३० बजे गरि दैनिक दूई शो मञ्चन शुरु भएको नाटक ‘उर्फ दारासिंह’ असोज ११ गते सम्म मञ्चन हुने मुन क्रिएसन नेपालका अध्यक्ष तथा नाटक व्यवस्थापन संयोजक विक्रम फागो वनेमले बताए ।

नाटक मञ्चन शुरु भएसँगै अहिलेको पुस्ताहरुले थुप्रै किस्साहरुमा मात्र सुनेको दारासिंहको फौदारीपन, जीवन शैली र भूमि संरक्षणका लागि उनले गरेको संघर्ष र योगदानलाई नाटकको रुपमा नियालेर प्रत्यक्ष रुपमा अनुभुति गर्न पाउने संयोजक वनेमले बताए ।

चेतन आङ्थुपोको निर्देशनमा काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा गत वैशाख १६ देखि जेठ ११ सम्म सफलतापुर्वक मञ्चन सम्पन्न गरिएको नाटक ‘उर्फ दारासिंह’लाई सुमन लिङदेनले लेखेका हुन् ।

रुपेश लामाको सह निर्देशन र सुमन राई पुर्व निर्माता रहेको नाटकमा आकाश सुहाङ, अञ्जना राई, प्रविन मगर, लहना राई, मन कुमार योङहाङ, दावा शेर्पा लगायतको अभिनय देख्न सकिन्छ ।

तत्कालीन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा, जमिन सट्टाभर्नाजस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङको मृत्यु भएको थियो ।

पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको रुपमा क्रममा केरुङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गरेको निर्देशक चेतन आङथुपोले बताए ।

निर्देशक आङथुपोका अनुसार तात्कालिन समयमा समाजमा खुङखार र डरलाग्दो मानिएको प्रेरणाको पात्र रुपमा रहेको तर इतिहासमा कहिल्यै नभनिएकोले नाटकमार्फत भन्न खोजेको बताए ।

सम्बन्धित खवर