
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार बुद्धराज लिम्बूको संगीत तथा आवाजमा सजिएको वहुचर्चित गित ‘सर लै सर’ भाग २ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
दिनेश माङमुको निर्देशन रहेको भिडियोमा सिर्जना निङलेकु र यासेली योङहाङले अभिनय गरेका छन् ।
प्रेम ओझाको शव्द रहेको गितको संगीत संयोजन भने बुद्धराज लिम्बूकै रहेको छ । डी स्टुडियोम रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ किसोर थापाले गरेका छन् ।

च्याब्रुङ नाच, धान नाच समावेश गरिएको लिम्बू संस्कृतिमा आधारित भिडियोमा मेन्छिन पाउने, मेन्छिनलाई आफ्नो बनाउने सपना बुनेका युवाहरुको सपाना चक्नाचुर भएको रोचक प्रेम प्रस्तुत गरिएको छ ।
दिनेश पराजुलीको छायांकन, सञ्जु थलङ र पुनम चौधरीको मेकअप, रमेश पारजुलीको सहायक छायांकन र अनिल रानाकोको सम्पादन रहेको भिडियोमा रिचेन कुनचोक मोक्तान, प्रकाश लिम्बू, उदय बेघा, पुर्ण सेलिङ, याम लिम्बू, माया लिम्बू लामा, पारस लिम्बू, सेमीमा योङहाङ, विवेक लिम्बू लगायतको समेत अभिनय रहेको छ ।
माङमु फिल्म्सको पोष्ट प्रडक्सनमा साइना तामाङको कोरियोग्राफी रहेको भिडियो बर्दान प्रडक्शन युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…







