
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार सेमिहाङ सिंगक लिम्बू र गायिका सुनिता थेगिम लिम्बूको आवाजमा सजिएको प्रेमिल गित ‘हाक्पारे भाकैमा’ सार्वजनिक गरिएको छ ।
सेमिहाङ सिंगक लिम्बूकै शव्द तथा संगीत रहेको गित ‘हाक्पारे भाकैमा’ को म्युजिक भिडियो सेमिहाङ सिंगक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा रहेको भिडियोमा क्रिस गुरुङ र रेनु राईले अभिनय गरेका छन् ।
तेन्धामगेन मेक्खिम(शुभ विवाह)को अवसरमा भेट भएका थाङबेन र मेन्छिनको प्रेम र रोमन्सलाई प्रस्तुत गरिएको भिडियोमा दीपा लिम्बूको मेकअप, भोगेन्द्र लिम्बूको सहायक छायांकन र अनिल रानाको सम्पादन रहेको छ ।

देवेश राईको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ किसोर थापाले गरेका छन् ।
प्रेमिल लिम्बू गितहरुमा शव्द संगीत र आवाज भरि सकेका सेमिहाङको यो गितलाई समेत दर्शक स्रोताले औधी रुचाएका छन् ।
भिडियो हेर्नुहोस…







