दिपेन्द्रको शव्द सुमन र अनुको आवाजमा ‘ए माया’ सार्वजनिक - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्द सुमन र अनुको आवाजमा ‘ए माया’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गितकार दिपेन्द्र खड्काको शव्द तथा रविन भुषालको संगीतमा गायक सुमन केसी र गायिका अनु चौधरीको आवाज रहेको प्रेमिल गित ‘ए माया’ सार्वजनिक गरिएको छ ।

साजन कटेलको निर्देशन रहेको भिडियोमा गोविन बलामी र करुणा श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा प्रेम रोमान्स प्रस्तुत गरिएको छ ।

दिनेश पराजुलीको छायांकन, रमेश पराजुलीको सहायक छायांकन, विक्रम गौतमको मेकअप रहेको भिडियोमा राकेश दाहालको सम्पादन तथा कलर रहेको छ ।

सुमन केसीको संगीत संयोजनमा द पिक स्टुडियोमा दिनेश लाल राजवहाकले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

भिडियो आवाज मोसन पिक्चर्स युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर