यसबर्ष पनि रोहटे पिङ लगाइयो दशै तिहारको अवसरमा - Mangsebung News
  • शुक्रबार, कार्तिक ०१, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

यसबर्ष पनि रोहटे पिङ लगाइयो दशै तिहारको अवसरमा

  • पदम सुखि सम्बाहाम्फे

यासोक । पाँचथर जिल्लाको कुम्मायाक ४, स्थित रानीगाउँमा वर्षेनी लगाइँदै आएको ‘रोहटे पिङ’ यश बर्ष पनि लगाइएको छ । परम्परागत रूपमा लगाइदै आएको यस रोहटे पिङले रानीगाउँ बासिन्दाको ऐतिहासिकता बोकेको कुरा रोहटे पिङ निर्माणका लागि खटिएका नयाँ पुराना पुस्ताले बताउने गरेका छन ।

स्वः दलबहादुर चेम्जोङका अनुसार सन् १८५० ताका पृथ्वीनारायण शाहको तानाशाही शासनकालमा सिडिओ स्वसरहको अधिकार प्राप्त जाचे दर्जा पाएर आएका हस्तबहादुर पाण्डेले गाउँमा अपुङ्गी राज चलाइरहेका लिम्बुवानका लिम्बू समुदायलाई पिङ लगाउन प्रेरित गरेका थिए ।

त्यतिबेला पाँचथर र तेह्रथुम जिल्लाको संयुक्त बजार हालको कुम्मायक गाउँपालिकास्थित वडा नम्बर ३ हात्ती पोखरीमा रहेको र जुन समयमा सबै भुगोल हेर्ने जिम्मा पाएका पाण्डेले यश भेगका अपुङ्गी लिम्बु शासकहरुलाई विभिन्न प्रलोभन र हौसला बाँड्दै बर्षमा एकपटक भुइँ छोड्नुपर्ने धर्मशास्त्रमा उखान रहेको बताउदै लिङ्गे पिङ तथा अन्य पिङ लगाउने प्रचलन चलाएको बताइन्छ । जुनबेला पिङ खेल्दै चा चा हुइयाँ ! भन्ने रमाइलो शब्द खुशियालीको अभिव्यक्ति सुनेको पनि चेम्जोङले बताएका थिए ।

१८५० भन्दा अगाडी पौवापाटी पिङ तथा मौलो रोप्ने चलन लिम्बू संस्कारमा नभएको तर हस्तबहादुर पाण्डेले लिम्बुहरुलाई सुब्बाको दर्जा दिइ पिङ हाल्ने तथा मौलो मार काट्न लगाइएको सुनेको उनले बताएका थिए । कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजार बाट अन्दाजी २ किलोमीटरमा रहेको रानीगाउँको रोहटे पिङ हात्तिपोखरीबाट चुङ्जिके खला हुँदै सारिएको पनि बताइन्छ ।

स्वः भुवनवीर र बिक्रम सम्बाहाम्फेले नयाँ आकारमा बकसे पिरा बनाएपछि यो पिङ सालैपिच्छे लगाइदै आएको छ । यसपटक भने पिङ्लाइ रङरोगन समते लगाइएको छ । परम्परागत रूपमा घटस्थापनापछि पन्चमी र अष्टमि तिथिको दिन पिङ खेल्न स्याबरुम्बा यासोक भदौरे आङ्सराङ लगायत विभिन्न स्थानका युवा युवतीहरुले मनोरञ्जन लिने गर्दछन ।

सम्बन्धित खवर