
- आन्छुमे नसान
माङसेबुङ । गायक चारखोले शिशिर लिङदम र गायिका गंगा फियाकको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गित ‘ख्याल गर्ने बानीले’ सार्वजनिक गरिएको छ ।
गितकार तथा संगीतकार समेत रहेका चारखोले शिशिर लिङदमकै शव्द तथा लय संकलन रहेको पुर्वेली गित ‘ख्याल गर्ने बानीले’ को म्युजिक भिडियो चारखोले म्युजिक अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
खगेन्द्र पन्धाक लिम्बूको निर्देशन रहेको भिडियोमा सुबास लिङदम र बिनु लिम्बू ‘लाल कान्छी’ को अभिनय रहेको छ ।

खगेन्द्र पन्धाक लिम्बू र पर्शुराम लिम्बूको छायांकन रहेको भिडियोमा खगेन्द्र पन्धाक लिम्बूकै सम्पादन रहेको छ ।
मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईको रेकर्डिङ रहेको गितको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
भिडियोमा गाउँले परिवेशमा हुर्केको प्रेमिल जोडीको मायालु कथा प्रस्तुत गरिएको छ ।
भिडियो हेर्नुहोस…







