
- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ ।
यासेली योङहाङको शव्द तथा केहेर सिंह लिम्बू र सुमन तामाङको संगीत रहेको पालामको लयमा फ्यूजन गरिएको रोमान्टिक गित ‘भेटै भयो वैसमा’ मिना लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बूको निर्देशन रहेको भिडियोमा यासेली योङहाङ र मिना लिम्बूले अभिनय गरेका छन् । माङमु फिल्म्सको पोष्ट प्रडक्शन रहेको भिडियोमा वर्षौ सम्म प्रेमको बन्धनमा वाँधिएका प्रेमिल जोडीको दुखद वियोगको कथा प्रस्तुत गरिएको छ ।
जवान हुदाँ सुरु भएको प्रेम जीवनको उत्तरार्दमा टुट्दा भोग्नु परेको पिडा प्रस्तुत गरिएको भिडियोमा सुजन श्रेष्ठको छायांकन, मोति सिग्देलको सहयाक छायांकन, याङसाङ मुकारुङको आर्ट, कृष्ण सुवेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।
सागर संसारको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गितको रेकर्डिङ माहोल स्टुडियोमा डिजे मेवाहाङले गरका हुन् ।
भिडियो हेर्नुहोस…







