
- पदम सुखी सम्बाहाम्फे
पाँचथर । पाँचथरको फिदिममा श्रम संस्कृति पार्टीको आमसभा मंगलबार सम्पन्न भएको छ ।
फिदिम मा.बि.को खेलमैदानमा भएको सो आमसभामा श्रम संस्कृति पार्टीका सस्थापक अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थिए ।
जिल्लाका ८ वटै गाउँपालिकाका श्रमदाताहरुसँग फिदिम बजार परिक्रमा गरि सम्पन्न भएको आमसभालाई अध्यक्ष साम्पाङ्ले सम्बोधन गर्नुभएको थियो ।
मुलुकलाई समृद्ध बनाउन प्रविधि, श्रम र संस्कृतिलाई मुख्य मिशन बनाएर देश व्यापी श्रमजीवी लहर फैलाएका साम्पाङ्ले श्रम बिना मुलुक नबन्ने बताएका थिए ।

नेपालमा नेपाली भुमिलाई श्रमको खाँचो भएको पहिचान गरि भरखरै उदाउदै गरेका श्रम संस्कृति पार्टी खोलेर अघि बढीरहेका हर्क साम्पाङको उद्देश्य र लक्ष्यलाई धेरै उपस्थित जनमासले मन पराएका थिए । उनि असली सपुत भएकोले मुलुक बनाउने अठोट भएको एकमात्र बिश्वासको पात्र हर्क साम्पाङमा भएको कुम्मायकवासीको भनाइ थियो ।
कुम्मायक गाउँपालिकामा लामोसमय देखि एमाले काङ्ग्रेस र माओवादी पार्टीको हालिमुहाली बर्चस्व रहदै आएतापनि अबको मिशन ८४ मा नितिगत यि भ्रष्ट दलहरूलाई सचेत जनताले पाखा लगाउनुको विकल्प नरहेको सामाजिक अभियान्ता तेजेन्द्र चेम्जोङ्ले बाताएका छन । कुम्मायक गाउँपालिकाका सबै वडाका बुद्धिजीवी सामाजिक अभियान्ता लगायत श्रम संस्कृति पार्टी प्रति जनताको झुकाव र चासो लिने क्रम जारि रहेको कुरा पनि वहाले बताए ।
गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र १ का बुद्धिजीवी सामाजिक अभियान्ता तथा संघ सस्थामा आवद्ध व्यावसायि उद्योगी साथै आम समुदाय नेपाली नागरिक जमातले हर्क साम्पाङ्को अभियान मनपराएको पनि उनले थप बताए । उक्त कार्यक्रममा सहभागिता जनाउन सास्कृतिक नृत्य सहित कुम्मायक गाउँपालिका बाट वडा नम्बर १ का साइमन लावति, वडा नम्बर २ का मानबहादुर शेर्मा, वडा नम्बर ३ का शन्तबहादुर सम्बाहाम्फे, वडा नम्बर ४ का बिरेन्द्र सम्बाहाम्फे र वडा नम्बर ५ बाट लक्षण चेम्जोङको बिषेश भुमिका रहेको बताइएको छ ।
जिल्लाको ८ वटै गाउँपालिका बाट उपस्थित जनमासलाई श्रम संस्कृति पार्टीका जिल्ला सचीव अर्जुनहाङ राइ र आशिष राई, केन्द्रिय कोषाध्यक्ष समिता राई र सदस्यहरु जितेन बान्तावा, समिर तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो । खेमराज तुम्बापोको सह संयोजगत्वमा भएको सो कार्यक्रम प्रबिण राईको सभाध्यतामा सम्पन्न भएको थियो ।







