प्रकाश र टिनाको आवाजमा गर्जमानको भक्ति गित ‘महागुरु जन्मनु भयो’ सार्वजनिक - Mangsebung News
  • शनिबार, कार्तिक २३, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रकाश र टिनाको आवाजमा गर्जमानको भक्ति गित ‘महागुरु जन्मनु भयो’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक प्रकाश सावदेन र गायिका टिना खालिङको आवाजमा सजिएको भक्ति भजन गित ‘महागुरु जन्मनु भयो’ सार्वजनिक गरिएको छ ।

गर्जमान याक्खा देवानको शव्द तथा संगीतमा सजिएको भक्ति भजन गित ‘महागुरु जन्मनु भयो’ को लिप्सिङ भिडियो माङसेबुङ खबर युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

अशोक थापाको संगीत संयोजन रहेको गितलाई काव्या रेकर्डिङ स्टुडियो दमकमा रेकर्ड गरिएको हो ।

अनमाङ याक्खा देवानको निर्माण रहेको भिडियोको छायांकन तथा सम्पादन मुहा मगरले गरेका छन् ।

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द जन्मअवतरण हुनु भई समाज सुधार गर्नुभएको भावहरु प्रस्तुत गरिएको गितको भिडियो महागुरु फाल्गुनन्द जन्मजयन्तीको अवसर पारेर सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर