
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार इन्द्र योङहाङको शव्द, संगीत तथा आवाजमा सेवा साम्लो ‘ओत् माङे सेवारो’ सार्वजनिक गरिएको छ ।
मनोज साङसोन राईको संगीत संयोजन तथा रेकर्डिङ रहेको सेवा साम्लो ‘ओत् माङे सेवारो’ को स्टुडियो भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
किङ्ग स्टुडियोमा रेकर्ड गरिएको सेवा साम्लोलाई राजु कार्कीले मिक्सिङ गरेका हुन् ।
जुम लेन्स प्रडक्सनको पोष्ट प्रडक्सन तथा सुनिता चोङबाङको मेकअप रहेको भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा गायक इन्द्र योङहाङ कै फिचरिङ रहेको छ ।
भिडियो हेर्नुहोस…







