
- आन्छुमे नसान
माङसेबुङ । गायकद्वय राजु आङदेम्बे र सन्तोष बिसी तथा गायिकाद्वय अञ्जु गौतम र तिर्सना नेम्बाङको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाका ‘खोरण्डे मेलैमा’ सार्वजनिक गरिएको छ ।
सन्तोष बिसी र राजकुमार तेयुङ ‘तरेबा’ को शव्द संकलन तथा सन्तोष बिसीको लय संकलन रहेको पुर्वेली लोकभाका ‘खोरण्डे मेलैमा’ को म्युजिक भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सन्तोष बिसीको निर्देशनमा उर्मिला राईको मेकअप, रोनिस तामाङ र टिमको छायांकन रहेको भिडियोमा सम्पादन तथा कलर चेतन समतको रहेको छ ।

भिडियोमा राजु आङदेम्बे, पासाङ पी शेर्पा, गीता मावोहाङ (नास्पातेनी), तिर्सना नेम्बाङ, ज्योति खड्का, आत्माराम धिताल, कुमार सुनार, लिला थापा, कृष्ण राज सुनार, जयराम सुनार र उदय बेघा टिमको अभिनय रहेको छ ।
नारायण्न दंगालको संगीत संयोजनमा शंकरा स्टुडियोमा सागर पुनले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका छन् ।
सिमिक्लुङ दर्पणको पोष्ट प्रडक्सन रहेको भिडियो र अडियो सिमिक्लुङ दर्पणले तयार पारेको हो ।
भिडियो हेर्नुहोस…







