दिनेश र सुनिताको ‘सिलाम साक्मा’ सार्वजनिक - Mangsebung News
  • बुधबार, मङि्सर ११, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेश र सुनिताको ‘सिलाम साक्मा’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । गायक दिनेश कुमार लिम्बू र गायिका सुनिता संयक लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गित ‘सिलाम साक्मा’ सार्वजनिक गरिएको छ ।

डीपी खनालको शव्द तथा देबेश राईको संगीतमा सजिएको पुर्वेली भाकाको रोमान्टि प्रेमिल गित ‘सिलाम साक्मा’ को भिडियो गायककै युट्यूव च्यानल दिनेश लिम्बू अफिसियलबाट सार्वजनिक गरिएको हो ।

उपेन्द्र लिम्बूको निर्देशन रहेको भिडियोमा एजे एजेयुको छायांकन, अनिसा नानुको सम्पादन तथा अनिल बिष्ट प्युठानीको कलर रहेको छ ।

देबेश राईको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको गित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर