किरात धर्मगुरू आत्मानन्द लिङदेन जन्मोत्सवमा माङसेबुङमा सार्वजनिक बिदा - Mangsebung News
  • बिहिबार, पुष १७, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात धर्मगुरू आत्मानन्द लिङदेन जन्मोत्सवमा माङसेबुङमा सार्वजनिक बिदा

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मोत्सवको दिन मंसिर १८ गते इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।

मंगलबार गाउँपालिकाले विज्ञप्ति जारी गर्दै एक दिन स्थानीय बिदा दिने भएको हो । उक्त दिन गाउँपालिकाभित्रका सरकारी तथा गैरसरकार संघ संस्था सबैलाई सार्वजनिक बिदा दिइएको जनाइएको छ । मंसिर १८ गते गाउँपालिका कार्यालय‚ वडा कार्यालय‚ शैक्षिक संस्था‚ वित्तीय संस्था‚ स्वास्थ्य चौकी तथा इकाइहरू बन्द रहने छन् ।

गाउँपालिका अध्यक्ष हेमन्त राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा किरात धर्मगुरू मुहिङगुम अङसीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को ७२औं जन्मोत्सवको अवसरमा माङसेबुङबासी तथा किरात धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

गाउँपालिकाले विगतका वर्षहरूमा पनि मंसिर १८ गते बिदा दिँदै आएको थियो ।

सम्बन्धित खवर