
- आन्छुमे नसान
माङसेबुङ । गायक तथा संगीतकार सेमिहाङ सिंगक लिम्बू र गायिका मेलिना राईको आवाजमा सजिएको प्रेमिल गित ‘शिरबन्दी शिरमा’ सार्वजनिक गरिएको छ ।
भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा सेमिहाङ सिंगककै शव्द तथा संगीत रहेको प्रेमिल गित ‘शिरबन्दी शिरमा’ म्युजिक भिडियो सेमिहाङ सिंगक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भोगेन्द्र याम्फुको सहायक छायांकन्, दीपा लिम्बूको मेकअप, याङसाङ मुकारुङ राईको कला र अनिल रानाको सम्पादन रहेको भिडियोमा एलिस राई र सिसाम बान्तावा राईको अभिनय रहेको छ ।

मौलिकताको खोज अनुसन्धान गर्दै घुम्न आएकी युवतीसँगको मिठो प्रेम परेका युवकको रमाईलो परिकल्पना प्रस्तुत गरिएको भिडियोमा सम्झाना तामाङ, नुमा लिम्बू, काया लिम्बू, टाइसन राई खगेन्द्र वजी लिम्बू र याङसाङ मुकारुङ राईको समेत अभिनय रहेको छ ।
गितमा सञ्जल विक्रम भण्डारीको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ रहेको छ । पछिल्लो समय प्रेमिल गितहरु पस्किरहेका सेमिहाङ सिंगकको यो गित पनि दर्शक स्रोताले औधी रुचाएको छ ।
भिडियो हेर्नुहोस…







