माङसेबुङमा लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मोत्सव विशेष साहित्यिक कार्यक्रम सम्पन्न - Mangsebung News
  • मङ्गलबार, बैशाख २९, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा लिङदेन आत्मानन्द ‘सेइङ’ जन्मोत्सव विशेष साहित्यिक कार्यक्रम सम्पन्न

माङसेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यूको ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

आत्मानन्द साहित्य पुरस्कारद्धारा यस वर्ष सम्मानित व्यक्तित्व साहित्यकार येहाङ लाओती (धनबहादुर)को प्रमुअ आतिथ्यमा शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।

वालमिकी क्याम्पस काठमाण्डौं संस्कृत विश्वविद्यालयका सह प्राध्यापक भवानी शंकर, किरात धर्म तथा साहित्य उत्थान संघका संस्थापक महासचिव डा. चन्द्रकुमार सेर्मा सिक्किमबाट डि.आर पन्धाक, एज बी. पन्धाक समेत आतिथ्यता रहेको कार्यक्रममा फरक आयामका कवि साङसेन पन्धाक, साहित्यकारहरु साम्जीरी सेमी सेर्मा र सिक्कुमदाङ नेम्बाङको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रष्टाहरु सविता फियाक, सञ्जु इङनाम, मनकुमार लाओती र भक्त येङदेन लगायतका थुप्रै सर्जकहरुले कविता वाचन गरेका थिए ।

यसैगरी राधा लाओती लगायत थुप्रै अग्रजहरुको पालाम, हाक्पारे प्रस्तुत गर्नुभएको कार्यक्रम साहित्य विभाग प्रमुख साङजोत्लुङ आङदेम्बेको अध्यक्षतामा नन्द कुमार सेर्मा ‘लुङमाहिम काइला’ साङसेहाङ सञ्च सङबाङफेले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर