माङसेबुङमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न - Mangsebung News
  • शनिबार, माघ १८, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

माङसेबुङमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न

माङसेबुङ । इलामको माङसेबुङमा निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ ७२औ शुभजन्मोत्सव तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा महासमारोहको अवसरमा विहीवार निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न भएको हो ।

किरात चोःलुङ मुहिङगुम आङ्सीमाङगेन्ना सेवा समिति माङसेबुङको आयोजनामा आमा डेन्टल केयर प्रा.लि.दमक ६, थानारोडस्थित प्रधान कार्यालय र दमक १, रवि स्टेन्ड गेटस्थित शाखा कार्यालयबा डा.मीरा आचार्य र डा.दिपक थापाको टोलीद्वारा गरिएको दन्त परीक्षण करिवन दूई सय जनाले दन्त परीक्षण गराएका थिए ।

यस शिविरमा निःशुल्क दन्त परीक्षण, निःशुल्क औषधि वितरण साथै निःशुल्क दाँत खोल्ने सेवा उपलव्ध भएको थियो ।

यस शिविर पश्चात उपलब्ध हुने दन्त सेवाहरुमा निःशुल्क ओपिडी, २ महिनासम्म डिजिटल डेन्टल एक्स–रेमा ५० प्रतिशत छुट र सबै किसिमका दन्त उपचार सेवामा ५ देखि ३० प्रतिशत सम्म छुटको रहेको जनाइएको छ ।

 

सम्बन्धित खवर