
माङसेबुङ । किरात साम्यो नालीफूङवा मुजोत्लुङ पान्जुम्भोको छैठौ सम्लेलन आइतबार सम्पन्न भएको छ ।
धार्मिक तीर्थस्थल इलामको माङसेबुङमा सम्पन्न पान्जुम्भोको सम्मेलनले शंकर केरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आगामी ३ वर्ष कार्यकालको लागि केरुङको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका हुन ।
नव निर्वाचित पान्जुम्भोको उपाध्यक्ष लोकेन्द्र कार्कीढोली, सचिव बाइसकुमार राई, सह सचिव दिवस तिगेला, कोषाध्यक्ष लोकेन्द्र लाओती निर्वाचित भएका छन् ।

यसैगरी पान्जुम्भोको सदस्यमा क्रमशः सबिन साम्पाङ, चन्द्र लिङखिम, विवेक नेम्वाङ, रामचन्द्र सम्बाहाम्फे, सन्जिप लिम्बू, डिल्ली इङनाम, लिमुकसाम नेम्वाङ, समीर चेम्जोङ, रेनुका लाओती निर्वाचित भएका छन् ।
सम्मेलनमा किरात धर्ममा महत्वपूर्ण योगदान पु¥याएका किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङलाई अभिनन्दन पत्रद्धारा सम्मान गरिएको छ । भने, किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व सचिव जगत पत्रेलाई सम्मान गरिएको छ ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष नरेन्द्रकुमार राई, अभिनन्दीत व्यक्तित्व किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिं योङहाङ, विशेष अतिथि किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना सेवा समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन, किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोका संस्थापक अध्यक्ष नन्दकुमार नेम्बाङ, किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व अध्यक्ष वनेम विक्रम फागो, किरात साम्यो हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
किरात साम्यो नालिफूङवा मुजोत्लुङ पान्जुम्भोको अध्यक्ष पृथीमान खालिङको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पान्जुम्भोका उपाध्यक्ष शंकर केरुङले स्वागत मन्तव्य राखेको थियो भने, किरात साम्यो नालिफूङवा पान्जुम्भो माङसेबुङका अध्यक्ष बाइसकुमार राईले कार्यक्रम सञ्चालन गरेको थियो ।

बन्दसत्र कार्यक्रममा सांगठनिक प्रगति प्रतिवेदन पान्जुम्भोका उपाध्यक्ष शंकर केरुङ र आर्थिक प्रगति प्रतिवेदन अध्यक्ष पृथीमान खालिङले प्रस्तुत गरेको थियो ।
सम्मेलनमा नयाँ कार्य समिति निर्वाचनका लागि निर्वाचन मण्डल संयोजक माङगेन्ना समितिका उपाध्यक्ष होमबहादुर लिङ्देन रहनु भएको थियो भने, निर्वाचन मण्डल सदस्य पूर्णकार्की ढोली र मनकुमार आङबुहाङ रहेका थिए ।












