किरात समाज सेवा तेह्रथुमको १०औं वार्षिक साधरणसभा सम्पन्न, पाहिम र लिङदम सम्मानित - Mangsebung News
  • शनिबार, भदौ २७, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

किरात समाज सेवा तेह्रथुमको १०औं वार्षिक साधरणसभा सम्पन्न, पाहिम र लिङदम सम्मानित

तेह्रथुम । किरात समाज सेवा समिति तेह्रथुमको १०औं बार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

तेह्रथुमको म्याङलुङमा अवस्थित भिमसेन मन्दिरको सभाहलमा शनिबार जीवन विज्ञान योगका प्रशिक्षक तथा समाजसेवी राधा पोख्रेलको प्रमुअ आतिथ्यमा सम्पन्न १०औं वार्षिक साधरणसभाको अवसरमा किरात समाज सेवाले विभिन्न व्यक्तिलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरेको छ ।

साधारणासभामा समितिले ९७ वर्षीय नरधोज पाहिमलाई ज्येष्ठ नागरिक सम्मान र डिबी लिङदम ‘सेसेमी’लाई किरात धर्म र पत्रकारिताको माध्यमबाट समाजमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । लिङदम किरात धर्मको सांस्कृति समिति किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका पूर्व अध्यक्ष हुन् । यस्तै कान्देङहाङ थेगुवा लिम्बूलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

प्रमुख अतिथिले पोख्रेलले किरात समाज सेवा समितिलाई म्याङ्लुङ बजारमा आठ आना जग्गा दान सहित नगद ५० हजार दिने घोषणा गरेको थियो । उक्त जग्गामा संस्थाको कार्यालय, किरात माङहिम बनाउन सकिने उनले बताए ।

समितिका अध्यक्ष टटबहादुर पंधाकको अध्यक्षतामा भएको कार्यक्रममा किरात साम्यो नालीफुङवा मुजोत्लुङ पान्जुम्भोका पूर्व केन्द्रीय अध्यक्ष विक्रम फागो वनेमको विशेष आतिथी र जीवन योग विज्ञान जिल्ला तेह्रथुम प्रशिक्षक इन्दिरा सङबाङफे अतिथि रहेका थिए ।

सम्बन्धित खवर