पम्बु (एमके)को निर्देशनमा तिर्सनाको पालाम ‘बतासे फुङ’ सार्वजनिक - Mangsebung News
  • आइतबार, साउन २४, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पम्बु (एमके)को निर्देशनमा तिर्सनाको पालाम ‘बतासे फुङ’ सार्वजनिक

  • आन्छुमे नसान

माङसेबुङ । पम्बु सुब्बा (एमके) को निर्देशनमा गायिका तिर्सना नेम्बाङको सुमधुर आवाजमा सजिएको पालाम ‘बतासे फुङ’ सार्वजनिक गरिएको छ ।

यासेली योङहाङको शव्द संकलनमा विवस नेम्बाङ सृजना जबेगु र मिरा फियाकको समेत आवाज रहेको पालाम ‘बतासे फुङ’ भिडियो केएलएस अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

बतासे टेली श्रृङखला टिमबाट निर्माण गरिएको लीम मार्कको निर्माण तथा कमला चेम्जोङको सह निर्माण रहेको पालाम भिडियोमा पम्बु सुब्बा(एमके)(बतासे), पासाङ योञ्जन(फुङ), नरेन्द्र लिम्बू(च्याफुन्दे), गणेश लिम्बू आलुहाङ, अनिस सुब्बा, मिना नेम्बाङ, सुनिता चेम्जोङ, खुस्बु माखिम, अञ्जना लिम्बू(सोल्टीनी), जनमती लिम्बू आङदेम्बे(आमा) र सन्तोष वाहिङ(बालोमान) ले अभिनय गरेका छन् ।

भिडियोमा सुजन श्रेष्ठको छायांकन तथा सम्पादन र लेखनाथ चेम्जोङको भ्वाईस डबिङ रहेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर