दिनेशको निर्देशनमा ब्रविम र तुलसाको ‘सिरापधाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, पुष १६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा ब्रविम र तुलसाको ‘सिरापधाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । मुन्धुमी गायक ब्रविम सेर्मा र गायिका तुलसा लिम्बूको सुमधुर आवाजमा सजिएको याक्थुङ लिम्बू भाषाको प्रेमिल गित ‘सिरापधाङ’ सार्वजनिक गरिएको छ ।

ब्रविम सेर्माकै शव्द तथा संगीतमा दिनेश माङमु लिम्बूको निर्देशन रहेको गित ‘सिरापधाङ’ भिडियो तुलसा लिम्बू युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

किराण राईको छायांकन तथा सम्पादन रहेको भिडियोमा ब्रविम र तुलसाले नै फिचरिङ गरेका छन् । टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गितमा मिक्सिङ तथा मास्टरिङ मुस्कान राईको रहेको छ ।

पहिलो पटक देख्ने बितिकै मन मनै मनपराएको मायालुको कल्पनामा रोमान्स गरेको कथा प्रस्तुत गरिएको भिडियोमा रविना लिम्बूले मेकअप तथा ‘क’ प्रडक्शनको पोष्ट प्रडक्शन रहेको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर