गायक सुमन सानु कुरुम्बाङको हङकङमा एकल साँझ - Mangsebung News
  • बुधबार, पुष १६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गायक सुमन सानु कुरुम्बाङको हङकङमा एकल साँझ

माङसेबुङ । तेह्रथुमे गायक सुमन सानु कुरुम्बाङको हङकङमा एकल साँगितिक साँझ सम्पन्न भएको छ ।

याक्थुङ कुरुम्बाङ सङ्जुम्भो हङकङको आयोजना हङकङको याक एण्ड यति रेष्टुरन्टमा डिसेम्बर २४ मा गायक कुरुम्बाङको एकल साँगितिक साँझ सम्पन्न भएको हो ।

किरात याक्थुङ चुम्लुङ हङकङ, तेह्रथुम समाज हङ्कङ, याक्थुङ मुन्चइत चोक सयङ हङकङ, याक्थुङ आर्टिश सोसाईटी हङकङ, हाक्पारे सयङ हङकङ र डल्क्यो ग्रुप हङकङ लगायतको अगुवाइमा सम्पन्न एकल साँझमा गायक कुरुम्बाङ तेह्रथुम हङकङ मञ्चबाट सम्मानित समेत भएका थिए । उनलाई तेह्रथुम हङकङ मञ्चका अध्यक्ष अर्जुन कुमार पाहिमले खदा ओडाएर सम्मान पत्रले सम्मान गरेका थिए ।

नेपालका बिभिन्न जिल्लाहरुमा निकै बाक्लो कन्सर्टहरु गर्दै आए पनि गायक कुरुम्बाङको यो पहिलो बिदेश साँगितिक यात्रा हो । उनले अहिले सम्म दर्जनौ लिम्बू गित पालाम साथै नेपाली गितमा आवाज दिइसकेका छन् ।

प्रायजसो लिम्बू र नेपाली भाषाको गितलाई न्याय दिएर गाउन सक्ने क्षमता बोकेका गायक कुरुम्बाङको प्रस्तुतिमा दर्शकहरु झुम्ने गर्छन । उनले हङकङमा दर्शकहरुलाई झुमाएका थिए ।

पछिल्लो समय दर्शक स्रोहरुको रोजाईमा पर्न सफल गायक कुरुम्बाङ अंग्रेजी नयाँबर्ष पछि मात्र नेपाल फर्कने छन् ।

सम्बन्धित खवर