
- आन्छुमे नसान
माङसेबुङ । गायक राजेश पायल राई र बाल गायिका सुमम्सा बान्तावाको आवाजमा सजिएको ‘प्यारी छोरी’ सार्वजनिक गरिएको छ ।
मोहन बान्तावाको शव्द तथा महेन्द्र राईको संगीत रहेको गित ‘प्यारी छोरी’ म्युजिक भिडियो सुमम्सा बान्तावा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

दिनेश माङमु लिम्बूको निर्देशनमा बाबा छोरीको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको भिडियोमा पुष्प खड्का र सुमम्सा बान्तावाले जीवन्त अभिनय गरेका छन् ।
भिडियोमा सुजन श्रेष्ठको छायांकन, देवराज सिग्देल मोतीको सहायक छायांकन, कृष्ण सुबेदीको मेकअप र अनिल रानाको सम्पादन रहेको छ ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको गित किंग स्टुडियो र सायरम स्टुडियोमा सुरेश राई र बिबेक राज रानापहेलीले रकर्ड गरेका हुन् ।
भिडियो हेर्नुहोस…





