
- विक्रम फागो वनेम
जेञ्जी विद्रोहको (२३ र २४ भदौ) सफल आन्दोलनपछि नेपाली राजनीति सत्ताभोगको खेल रंगमञ्चमा पात्रहरुको अनुहार फेरिएको छ । सत्ता प्राप्तिको खेलमा सदा पोर्टिकल प्लेमेकर किङका रूपमा स्ट्राइकर बनेका देउवा, ओली र प्रचण्ड आफ्नै सत्ता पोलको रक्षात्मक बन्न नसक्दा नक–आउट्मा परेका हुन् । सत्ताभोगमा जबर्जस्त सधैं आफ्नो हिस्साको विलो खोज्ने यी ट्रीपल स्ट्राईकरले यसपटक लाइ्भकाष्ट्को खेल मैदानबाटै बहिस्कृत हुनुपरेको नमिठो पीडाको सामनाहरु भोग्नु परेकोछ । सत्ताभोगमा सदा सत्ता बार्गेलिङमा लम्पट् यी खेलाडीहरुले, लिग्–चरणको सत्ता गठबन्धन भित्र म्याच फिक्सिङमा रेकर्डव्रेकको वर्चश्व कायम राख्दै आइरहेका हुन् । हरेक सत्ता समिकरणको खेलहरुमा आफुहरुलाई मात्र वादशाहको रूपमा सत्ता लिडरसिपको स्ट्राइकर भएको धाँकधम्की र रवाफ् देखाएसी, सत्ताखेल लिगको डेञ्जर जोनमा जसै पर्दै थिए नै । अर्थात पटक–पटक सत्तापोलमा गेजु गर्ने र रफ् शासकीय भूमिकाको कारण, यसपटक जेञ्जी पुस्ताहरु विशेषः रेफ्री बने र सिधै रेडकार्ड मार्फत ओली र देउवाको सत्ताखेललाई किक्आवट गर्नुपरेको थियो, हो । अन्तः आफुहरुलाई सदा दले पार्टीको एकछापे वादशाह हौं भन्दै हुँकार गर्ने अहंकारी शोषके सामन्तीहरुलाई लघारेका हुन् ।
भन्नुपर्दा, जेञ्जी (१३–२८) उमेरका तन्नेरी पुस्ताहरुको विद्रोह आन्दोलनले सुनामी वेगको रूपमा क्षणभर मै बढारी दिए । जुन आन्दोलनले ओली राजको सत्ताखेललाई सत्ताच्युत गरेथ्यो । यो राजनीति सत्ताको खेल विगत साढे तीन दशक अघि देखिन् यिनै दले पार्टीको नौटंकी मञ्चन गर्ने रंगशाला बन्न पुगेको हो । सत्तालाई मनपरितन्त्रको रूपमा प्रयोग गरे । अन्तः उनीहरु आफै–आफैबीच पालैपालो सत्ताको भर्याङ चढेसी, देशमा कसले बढी विकास निर्माण गर्न सक्छ ? भन्दा पनि भ्रष्टाचार कसले बढी गर्नसक्ने ? भन्नेमा उनीहरुबीच प्रतिस्पर्धा हुने हो । अन्ततः त्यहीँ प्रतिस्पर्धाको खेलहरुमा सत्ताको चलखेलहरु, एकले अर्कोलाई राजनीति निषेधहरु गर्दै देश लुटिरहेका हुन् । अत सत्ता केन्द्रका यी ट्रिपल स्ट्राइकरहरु (देउवा, ओली र प्रचण्ड) कहिल्यै गोलपोष्ट गर्न नसक्ने निकम्मा हुत्तिहाराहरु बने । सत्ताराजको सिंहासनमा सदा आफ्नो बौउको विरासत झैं ठान्ने यी सत्ताभोगीहरु दले पार्टीका त्रिशंकु (कांग्रेस, एमाले र माओवादी) नव सामन्ती शासकहरु मात्र बन्न सके । यिनीहरु आफ्नै सत्ता पोलको रक्षा गर्न नसक्ने र परिणामसम्म निकाल्न नसक्ने महान खेलाडीहरु हुन् । बरु गोलपोष्ट गर्ने वहानामा कयौं पटक यिनले आफ्नै पोलमा कयौंपटक आत्माघाति गोलहरु गरेर बहादुरिताको रेकर्ड ब्रेक नि गर्न पुगेका छन् । सत्ता आरोहणको यो खेलमा देउवा, सत्ता लिगको लयलाई पक्रन नसक्ने बेसुरा र बेढंगका खेलाडी हुन् । उनको ब्राण्ड क्लव (नेपाली कांग्रेस) भएको कारणले कोइरालाहरुको विरासत ढलेपछिको अवस्थामा मात्र उनी गोल क्याप्टेन र स्ट्राइकर बन्न सकेका हुन् । ओली सत्ता खेलका नम्बर वान् जाली झेलीका शकुनी खेलाडी हुन् । यिनले आफ्नो टीमलाई रत्तिभर गन्दैनन् । यी नेटवलमा गोलपोष्ट समेत गर्न नसक्ने हुत्तिहारा हुन् । जो आफूलाई खेलको स्ट्राइकर हिरोको पगरी गुथी राख्न खोज्छन् । यिनी सत्ताभोगका रक्तपिपासु किर्ना जस्तै हुन् । जो न सत्ताको भाले, न पोथीको भाले बन्न सके । अर्का त्यस्तै प्लेब्वाई प्रचण्ड झन् सत्ताभोगीका लम्पट् खेलाडी हुन् । फ्रण्डलाइनमा सदा स्ट्राइकर बन्ने तर यी पनि गोलचेन् गर्नै नसक्ने बेकाम्मे खेलाडी हुन् । फेरी सत्ता गठबन्धनको म्याच फिक्सिङमाचेन् बादसाह बन्ने दौड्मा नम्बर वानमा पर्छन । यस मानेमा भने यी ज्यादै माहिर र हरामी खेलाडी ठानिन्छन् ।
जो नयाँ स्ट्राइकरहरुले गोलपोष्ट गर्न सक्छन् । अहिले नेपाली राजनीतिमा गोलपोष्ट गर्नसक्ने नयाँ स्ट्राइकर खेलाडीहरुको अनुहार उदय भएको देख्न सकिन्छ । ती नयाँ अनुहारहरुमा रवि लामिछाने, वालेन्द्र शाह र कुलमान घिसिङप्रति आम नेपालीजनको आकर्षण क्रेज बढ्दो देखिएको छ । उसो त पछिल्लोपटक धरानको मेयर हर्कराज साम्पाङको पनि क्रेज बढ्दो देखिन्छ । त्यसो त हरासा.(हर्कराज साम्पाङ) पनि राजनीति सत्ताको केन्द्रमा उभिन सक्ने लोभलाग्दो स्ट्राइकर खेलाडी नै हुन् । तर गत वर्षको अघिल्लो निर्वाचनपछि राष्ट्रिय शक्तिको रूपमा उदाएको पार्टी रवि कै रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) हो । जुन आम निर्वाचन (२०७९) मार्फत नै आफ्नो पार्टीलाई राष्ट्रिय राजनीतिको मूल केन्द्रमा स्थापित गरिसकेका छन् । पार्टीको सभापति नेतृत्व गरेका उनले प्रत्यक्ष ७ र समानुपातिक १४ जना गरी जम्मा २१ जना संसदहरु सहित चौथो दलको रूपमा आफ्नो दर्विलो उपस्थिति देखाइसकेका छन् । रविले आफ्नो पार्टी स्थापनाको ५ महिना भित्रै यो परिणामको शक्ति आर्जन गरेका हुन् । नेपाली राजनीतिमा यो उदेकलाग्दो ऐतिहासिक रेकर्ड ब्रेक भएको हो । उनको हकमा पार्टी र उनी सत्ता आरोहणको निम्ति बैकल्पिक शासकीय नेताको रूपमा देखिए । रवि दुई पटक गृहमन्त्री सम्हाली सकेका उदयीमान लोकप्रिय युवा नेताको रूपमा दर्ज भएका हुन् । पहिलोपटक सिर्फ ३२ दिनमात्र गृहमन्त्री सम्हाल्न पाए । पुनः दोस्रो पटक (२०८०) चार महिना जस्तो पदभार ग्रहण गरेथे । त्यो समय सत्ता पोलबाट यिनले धेरैपटक गोलपोष्ट एटम् गर्ने साहस बटुले । गोल नै गर्न नसके नि पोलमा गोलपोष्टका लागि प्रहारहरु गर्न भने एकरत्ति छोडेनन् । प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री हुँदा उनको त्यो किक् प्रहारले आफैतिर पनि गोल लाग्ने त्रासले विपक्षी पोलका देउवा आरजुले सत्तापोल मै रहेका ओलीलाई सिधै प्रधानमन्त्रीको ग्रीन सिग्नल देखाए दिए । लोभी पापी बनेका ओलीले गृहमन्त्री रविको कारण प्रचण्ड सरकारलाई सत्ताच्युत गरिदिए । रविले अघिल्लो शासकीय नेताहरुको भ्रष्टाचार गरेका फायलहरु खोल्न थालेसी सत्तागठबन्धन एक्सचेञ्ज गर्न जबर्जस्त रेड्कार्ड मार्फत सत्ताबाट पाखा लगाएकाथे । त्यसपछि भने रविलाई शहकारी ठगको मुद्दा लगाउँने प्रपञ्च रचे र जेल चलान गरी पठाई दिए ।
यो महानगरभित्र विकास निर्माणताका फुटफाटका असंख्य श्रमजीवी जनतासँग गरिएको दूरव्यबहार र तिनको रोजीरोटी गर्नबाट निषेधाज्ञा गरेपछिको यो पीडादायी आक्रोशको पटाक्षेप पनि हो । फिरः उनी जेञ्जी आन्दोलनपछि बालेन अझै केही विवादमा तानिए । उनै आन्दोलनकर्मी जेञ्जी पुस्ताहरुको आकर्षण र आड भरोषाका खम्बा देखिएका उनी आन्दोलन सफलता र तहस–नहसपछि भने जवाफदेहिताबाट पर पन्छिए जस्तो देखिएका थिए । ओलीलाई सत्ताच्युत गरेसीको अवस्था देश सरकारविहीन थियो । त्यस समय सरकारको नेतृत्व गर्न यिनै बालेनलाई प्रेसर परेथ्यो । तर यिनले सरकारको नेतृत्व गर्ने त्यो प्रधानमन्त्रीको पदभार सम्हाल्ने इत्छा शक्ति रत्ति देखाएनन् । बरु अफसनको नेमलिष्ट्मा रहेकी उनै अहिले प्रधानमन्त्री (२७ भदौ) बनेकी सुशिला कार्कीलाई समर्थन गर्दै सहजीकरण गरेका थिए । त्यसपछि यता सामाजिक सञ्जालमा उनको क्रेजमा केही सतही ह्रास् आएको हो । उनलाई तथानाम गालीगलौज र आरोप–प्रत्यारोपहरुको आलोचनात्मक अभिव्यक्ति दिनेहरु छरपष्ट काफी देखिए÷सुनिए । तथापी बालेन भने त्यसको कुनै प्रतिवाद र जवाफदेहिता नभइकनै बरु समुन्द्र झैं उनी शान्त रूपमा मौन देखिए । उनको यहीँ बौद्धिक आलोचनात्मक चेतको स्वभाव र चरित्रलेनै उनको लोकप्रियताको जग उति हल्लिन नसकेको देखिएको हो ।
फिरः जसको न दल/पार्टी छ, न संगठन नै छ । न की कुनै क्लब संघ/संस्थाहरु नै छन् । उनी त्यस्तै कुनै दल, संगठनको शक्तिशाली नेतृत्व भए÷रहे झैं देखिन्छन्ठा/निन्छन् । यथार्थमा उनी एक्लै शक्तिशाली संगठन वलको सिम्बोलिक प्रतीकको रूपमा उभिएको लाग्छन् । नेपाली राजनीतिमा भौतिक उपस्थितिमा होस् वा सामाजिक सञ्जालमा देखिएको शुभेच्छुक समर्थकहरु मार्फत पपुलिष्ट बनेका/देखिएकाहरु हौउन्, आज उनै पपुलरहरु नेपाली राजनीतिको केन्द्रमा हाइ–हाइ बनेका छन् । बालेन तिनै पपुलिष्टहरु मध्येका नम्बर वानमा पर्छन् । त्यसपछि रवि पर्छन् । अन्य जो छन्, क्रमिक रुपले पपुलिष्टको लिष्ट्मा कुलमान र हर्क नै पर्लान् । तर, अहिलेको पपुलिष्टको चौघेरामा बाँधिएका यी नै दुई पात्रहरु हुन् । जसले राजनीतिमा वैकल्पिक सत्ता हत्त्याउँनलाई एकले दोस्रोको अस्तित्व स्वीकार्नुको विकल्प नै रहेन । त्यसमानेमा रवि आफैमा शक्तिशाली छँदै थिए । जो राजनीति सत्ताको केन्द्रमा शासकसम्म बन्ने शक्तिको सञ्चय गर्यो र सत्तामा कार्य सम्पादन गर्नसक्ने अभ्यासको अनुभवबाट निखारिएर निस्किए । ता पनि उसले राजनीति सत्तामा बालेन बिना, सत्ताको पिल्लर ठडिन सक्दैन भन्ने दूरगामी दृष्टीको जोखना हेरे । जसको कारण रविले वालेनलाई आगामी प्रधानमन्त्री पदका दाबेदारको रूपमा घोषणा गरीदिए । यो एकता अभियान कार्यले रविको जनसमर्थनहरु झनै ह्वात्तै बढेर गएको देख्न सकिन्छ । त्यसो त बालेन पनि आगामी निर्वाचनको हकमा किंकर्तब्यविमुढ्मा देखिएका हुन् ।
जेञ्जी विद्रोहपछि आलोचनाको प्रेसरले क्लान्त देखिएका थिए । दल/पार्टी खोल्ने की, नखोल्ने ? निर्वाचन लड्ने या नलड्ने हो ? यसै नि दोधारमा थिए नै । उनी रास्वपाप्रति उति सहिष्णु थिएनन् । त्यसको मतलब रविप्रति अनुदार देखिएका थिए । पछिल्लो राजनीति घटनाक्रमले रविको पार्टीसँग राजनीति अनुबन्धित लिगेसी नजोडिकन बालेनले पनि धर पाउँने स्थिति रत्ति थिएन । उनलाई नि आफ्नो राजनीति प्रतिष्ठाको अस्तित्व जोह गर्न र ओत् लाग्नलाई कुनै न कुनै एउटा शक्तिशाली पार्टी त जसै चाहिएको थियो नै । नभए की आफैले पार्टी निर्माण गर्ने आँट बटुल्न सक्नु पथ्र्यो । त्यहीँ मानेमा बालेनले रविको साथमा लय, सुर र तालहरु मिलाउनुको एकरत्ति विकल्प थिएन । सोही मानेमा उनी रविसँग राजी भएका हुन् । नत्र मेयर पद सम्हाल्दै निर्वाचन सम्पन्न भएको रमिताहरु हेर्दै दिनचर्याहरु विताउँनु पर्ने थियो सायद । तैपनि भन्नैपर्दा, जसको सत्ता, दल र संगठनवल नहँुदा पनि एउटा पपुलिष्ट मान्छे, कति शक्तिशाली हुने रैछ भन्ने कुरो रवि बालेनबीच भएको राजनीति एग्रिमेन्ट शर्तनामाले बुझाउँन खोजेको छ ।
अत नयाँ पुस्ताका उदयीमान शक्तिशाली राजनीति खेलाडी बन्न पुगेका यी वालेनले, गोलपोष्ट गर्नसक्ने स्ट्राइकरको रूपमा चित्रित गरिएको र उस्तै आशा केन्द्रित पनि छन् । फेरि अर्को एङगलबाट दृष्टि पटाक्षेप गर्दा, भोलि यो देशको प्रधानमन्त्री बने भए, यिनले ती उत्पीडित सर्वहारा वर्ग र समुदायको फेरि उनी भक्षक की ? रक्षक बन्छन् ? भन्नेमा सम्बद्ध श्रमजीवी अधिकारकर्मीहरुले उत्खनन् गर्न थालेका छन् । सो त्यहीँ मानेमा सत्ताको पोलमा के कसरी रक्षात्मक बन्छन् र गोलपोष्टचेन् कसरी गर्लान् ? र कतापट्टि गर्लान् ? भन्ने नि आम चासो र शंसयको विषय बन्दै गइरहेको हो । त्यसको आशय बेला कुबेला उनीमा राजावादी कित्तामा भएजस्तो गन्ध चुहिनु, अन्तः धर्म निरपेक्ष र संघीयता विरुद्व उभिनुलाई पनि उनले गर्ने गोलपोष्ट त्यतातिर पनि सोझिएला की ? भन्ने उस्तै आशंकाहरुले थप बल पु¥याई रहेको देखिन्छन् । फिरः विषय प्रासंगिक थप्नुपर्दा, जेञ्जी विद्रोह आन्दोलनको विशेषः अघोषित अनदेखा सूत्रधारको रूपमा, यिनै बालेन माथी शंका र कटाक्ष अर्थात प्रक्षेपणमा अप्रेशन गरिन्दै आइरहेको अवस्था नि छ । नेपाली राजनीतिमा यी बालेन एउटा अमूर्त रहस्यमयी पात्रको रूपमा हाउगुजी बन्न पुगेका छन् । जो राजनीति सत्ताको केन्द्रमा अजय शक्तिको रूपमा देखा पर्दै गएका छन् । जरुर यो उनको रहस्यमयी चरित्रको एकदिन, आधिकारिक रुपमै त्यसको पर्दाफासको उदघाट्न सत्र पनि जरुर हुन्छ नै ।
अतः यिनले भोलिको दिन सत्ताको बागडोर सम्हाल्न पुगे गोलपोष्ट कसरी गर्दै लान्छन ? भन्ने पनि आम चासो र चिन्तन हो । त्यसो त उनी अनुबन्धित पार्टीको (रास्वपा.)पनि उति क्लियर राजनीति दृष्टिकोण देखिन्न । उसले समानुपातिक प्रणालीमा देखाएको उम्मेद्वारीहरुको सूचीले पनि निष्कपट र उदारता भने उति देखाउँन सकेन । जसको कारण पार्टीमा पुरै बाहुनवादको शासकीय गन्ध घोप्टिएको छ । दुर्भाग्य उनीहरुमा स्वतन्त्रता छ तर समानता र समता भन्ने कार्यविधिको पूरै अभाव र खडेरी पर्न गएको देखिएको छ । अन्तः भोलिको दिन ग्रीन सिग्नलमा आफ्नै सत्ता पोलमा, गोलपोष्ट गरे, या गर्न आदेश तोक् गरे त्यसलाई आत्माघाती भएको शुलमा नाटकीय मञ्चनमा सफाई पेश हुन कतिबेर ? यसैले पनि उनीहरु भोलि शासक बन्न पुगे यिनको र रास्वपाको रहस्मयी चरित्रको पर्दा उघ्रने र उदाङगो हुनेमा कुनै शंकै होप/छैन । भलैः अहिलेको राजनीति रंगमञ्चमा उदाएका यिनै पपुलिष्ट स्ट्राइकरहरुलाई सत्ताको कठघरामा उभ्याएर पूर्ण परिक्षण गरिनुको पनि कुनै विकल्प नै छैन् ।
हरासा (हर्कराज साम्पाङ) पूर्वको सुन्दर मिनि सिंगापुरको आलङकारिक उपमाले चिनिएको धरान उपमहानगर पालिकाको मेयर हुन् । यिनले गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारको रूपमा मेयर पदमा लोकप्रिय मतका साथ निर्वाचित बनेका हुन् । स्थानीय ७५३ (सातसय त्रिपन्न) वटा पालिकाहरुको विजयी जनप्रतिनिधिहरु मध्येका फरक शैलीमा आफूलाई दर्ज गराउँन सफल बनेका उनी राष्ट्र अन्तर्राष्ट्रिय क्षेत्रमै चर्चा–परिर्चाहरुमा चुलिए । उनी श्रमदानबाटै देशको स्वभिमान र आत्म निर्भरतामा बाँच्न सक्ने बनाउँन सकिन्छ भन्नेमा दृढ छन् । तसर्थः उनी मेयर पदमा निर्वाचित हुँदै गर्दा, खानेपानी ल्याउँन काँधमा पाइपहरु बोकेर जुटिसकेका थिए । उनी आफै श्रममा जोतिन्छन् । उनी अहिले श्रम अभियन्ताको मार्गदशक नै बनिसकेका छन् । उनको यो श्रम अभियानले अहिले धरानको रुपरंगहरु केही फेरिन्दो छ । काकाकुल बनेको धरानलाई लगत्तै खानेपानीको व्यबस्थापन गरे । पर्यटकीयस्थलको रूपमा श्रम संस्कृति पार्कहरु निर्माण गरे । हजारौं वृक्षरोपणहरु गरिसकेका छन् । अन्य सांस्कृतिक देवस्थलहरु निर्माण हुनेक्रममा देखिएछन् । स्थानीय तहमा अन्य जनप्रतिनिधिहरु भन्दा फरक र भिन्नशैलीमा विशेष श्रमिक वर्गको रूपमा उभिनु पुग्दा हार्दिक सम्मानार्थ उनको कद अग्लो देखिएको हो । आफूलाई श्रम पिता ठान्ने, उनी ढुंगा बोक्ने र श्रमको मात्र कुरा गर्छन् । श्रम गरेरै देश बनाउँन सकिन्छ भन्ने सपनाहरू बुनेका छन् । उनले जेञ्जी आन्दोलन सफलतापछि भने श्रम संस्कृति पार्टी (श्रसपा.) नामक दल दर्ता गरी (१४ कात्तिक) अहिले संगठन विस्तार अभियानमा तिब्रता देखाएका छन् । उनको चुनावी आम सभामा पनि जनसमुदायको उस्तै बाक्लै भिडहरु देखिन्छन् । अतः उनको पार्टीले आगामी सम्पन्न हुने आम निर्वाचन (२१ फागुन) को परिणामले राष्ट्रिय शक्तिको रूपमा कति दख्खल राख्न सक्छ ? त्यो अहिले अग्नि परिक्षाको रूपमा उभिएको छ ।
हर्कवादः हरासाले आफ्नो श्रमदान अभियानलाई हर्कवादको सिम्बोलिक रूपमा सम्बोधन गर्न उर्दी जारी गरेको देखिन्छ । पार्टी दर्तापछि र संगठन विस्तार हुने क्रमहरुमा उनको यो हर्कवाद पूर्ण त अहंकारवादमा रुपान्तरण हुँदै गएको देखिन्छ । श्रम गर्नु भन्दा बढी उनको थुतुनो जोतिनु र जेपिटी स्टाटस् बढी ठोक्नुले अनि ताल न बेतालका बेसुरा लयका गीतहरु गाउँनुले उनले आफ्नै अग्लो कदको अवमूल्यन गर्दै लगेको ठहरिन्छ । उनको त्यो प्रतिष्ठाको अग्लोकद आस्था र श्रद्वाबीच बाँच्न दिने की ? विष्तृष्णामा मर्न दिने ? जो उनैमा भरपर्ने भएकोछ । त्यो कद ढलेसी, मरेसी फेरि उठ्नलाई उसै नि गार्हो छ । पछिल्लोपटक उनी संगठन विस्तार र चुनावी अभियानहरुमा गरेका सम्बोधनले उनकै आम शुभेच्छुकजनको आत्मा मनहरु कुढिन्दै गएको छ । उनीप्रति आस्था औं सम्मानभाव दर्शाउने नजिकका आफन्तजन टाढिन्दै जाँदैछन् । उनको त्यो अभिव्यक्तिहरुले उनकै शुभेच्छुक बौद्धिक वर्गहरुबीच लज्जाको विषय बनेको छ, भने उनीप्रति आशावादी मान्छेहरु निराशमय देखिन्दो छन् । त्यस्तै उनको सफलताको कामना गर्ने, उनै मध्यम वर्गका जमातहरु उस्तै क्रुद्व र रुष्ट बन्दो छन् । जो अहिले यो सामाजिक सञ्जालहरुमा छरपष्ट काफी देख्न सकिन्छ । सामाजिक सञ्जालहरु मार्फत नै कुनैपनि सत्तापलट् गर्न सकिन्छ भन्ने हेक्का नम्बर वान भिजनकारी दूरदर्शी नेता हुँ भन्ने उनैले बुझेको खोई त ? आफ्नै देशमा यिनै टिनेजर उमेरका जेञ्जी पुस्ताहरुले गरेका होइनन् र ? प्रविधि दुनियाँको युगमा नेतृत्व सम्हाल्नेको सोंच, युग सापेक्षमा क्रसम्याच हुनु पर्दैन र ? अहिलेको जुगले डिजिटल सिष्टम मार्फत लोकको अभिमतलाई काउण्ड–डाउन् गर्दै काउण्टर एटेक् गर्ने प्रविधिको तिब्रत्तर विकासहरु भइसक्यो । अन्तः देश हाँक्छु भन्ने नेतृत्वहरुले अहिले पनि हिजोको जस्तो मान्छे, ब्रेडले की ? व्रेनले चल्छ ? भन्दै फलाक्दै बस्ने समय हो र यो ?
भन्नुपर्दा, श्रमले मात्र सत्ता प्राप्त गर्न सकिन्दैन । सत्ता प्राप्तिको लागि श्रमजिवीहरुको विचारलाई फराकिलो दायराभित्र शक्तिशाली बनाउँन सक्नुपर्छ । आफ्नै विचारको धारलेचेन्, शक्तिको निर्माणलाई भुत्ते पार्दै लगेसी, कसरी शक्ति र सत्ता प्राप्ति गर्न सकिन्छ ? श्रम संस्कृति निर्माण गर्नु भनेको ढुंगा बोक्नु, स्टाटसहरु लेख्नु, बेसुरा प्याला मिश्रित गीतहरु गायी टोपल्नु, अनि मञ्चमा र क्यामराको फोकसमा अरुको उछितोहरु काड्दै ब्याक्ब्याटिङ् गरेजस्तो सजिलो हुने हो र ? श्रम संस्कृतिको निर्माण त असमान वर्गहरुबीच, समान वर्गीय समाजको रुपान्तरण अनि पुनः उत्थानसँगै पुस्तान्तरण पनि गर्दै लैजानुपर्ने होला नि त । हर्कवादको पेट बोलीले नै भन्छ की, कुनैपनि हिंसारहित वर्ग समाजमा संस्कृतिको विकासहरु गर्ने होला सायद । हिंसा भनेको के त ? कुट्नु, मार्नु मात्रै हो त ? त्यो भन्दा क्रुर हिंसा त कसैप्रति लक्षित कसैको चित्त/मनहरु दुखाउँनु, गाली गलौजहरु गर्नुपनि एउटा निर्दोष पशुको हत्त्या गर्नु जतिकै कठोर अपराधिक हिंसा हो भनेर महागुरु फाल्गुनन्दज्यूको दिग्दर्शनले कबुल गराउँछ ।
अन्तः आफै हिंसा गर्न दिन्न बरु ढुंगाचेन् बोकाउँछु भन्ने नेतृत्वले तथानाम अन्य आफ्नो विपक्षी पोलमा रहेका पार्टीको नेतृत्वहरुलाई गालीगलौजहरु गर्दै उछितो काढेका छन् । अनि त्यहाँ हिंसारहित बोली वचन र प्रेमिल संस्कृतिको भावहरु दर्शाउँन सक्यो त ? त्यो रुखो बोलीले कसरी नयाँ संस्कृतिहरुको सिर्जनाहरु गर्न र रुपान्तरणको जग बसाल्न सक्छ नि ? रुखो बोली र व्यबहारले जतिसुकै नै दुःख÷चोटहरुमा समवेदनाहरु घोप्ट्याए नि, बाँडे नि त्यहाँ प्रेम र हार्दिकता भन्दा बढी घृणाको दृष्टिनै सिर्जित हुन सक्छ । सोचौं की रुखो बोलीमा प्रेम र रुखो माटोमा विरुवा के बाँच्न सक्छ र ? अनि हर्कवादको त्यो सौन्र्दर्यताचेत त्यहाँ खोइ कहाँ प्रष्टिन सक्यो ? की त्यहीँ हो हर्कवादको संस्कृतिमूलक दिग्दर्शनको पटाक्षेप दृष्टिकोण ? परन्तुः हर्कवादको यहीँ पटाक्षेपपूर्ण दृष्टिकोणले माटोको रक्षा त के उनी आफैले निर्माण गरेको सम्मानको रक्षा गर्न पनि सक्दैनन् । उनका थिंक टेंकरहरु यदि छन् भने उनलाई आत्मा समिक्षाको कठघरामा उभ्याउँन् सक्नुपर्यो । नैतिक रुपले समर्थन गर्ने आम– शुभेच्छुकजनको हार्दिक याचना स्वरुप तोम्मा गरिएका सुझाव, सर सल्लाहहरुलाई सही दिशाबोधका रूपमा ग्रहण गर्न लगाउँनु सक्नुपर्यो । अनि मानसिक रूपमा आलोचनात्मकचेत राख्न र आत्मालोचना पनि गर्न सक्ने नेतृत्वको रूपमा उभ्याउँन सक्नु पर्यो भन्ने न हो । यदी हरासा. नेतृत्व हुनुको हकमा यी सम्प्रेषण सुझावहरुलाई आत्मासाथ नगरी उपेक्षा गर्दै गए र आफै मपाईत्ववादमा लम्पट् हुँदै देखिन्दै गए यसको चर्को मुल्यको भारी उनी आफैले बोक्नुपर्ने निश्चित नै छ ।
अन्तः उनै रक्त पिपासु ओलीजस्तो आफै किङ, स्टेट् र रुल हुँ भनेजस्तो गरिकनको, शासकीय रवाफको नयाँ भर्सनमा यो हर्कवादलाई अन्ततः अतिवादतिर धकेलियो भने यसले न श्रमको, न संस्कृतिको विकास र रक्षा गर्न सक्छ, न की माटोको नै । युग सापेक्षित देश र श्रम अनि मूल मार्गदर्शन निर्माण गर्न सकिएन भने भावि आउँने जेञ्जी पुस्ताहरुले वहीँ रद्वीको टोकरी÷डस्विन मै मिल्काई दिनेछन् । फिरः हर्कवादले वर्गीय भेदमा श्रम संस्कृतिको अनुशासन र मर्यादा औं सभ्यताको लगाम लगाई दिने अनि आफुचेन् वेलगाम घोडाजस्तो देखिनु, किमार्थ त्यो हर्कवादको दिग्दर्शन हो भन्न सुहाउँदैन । मान्छेमा गुण र दोषहरुसँगै हुन्छन् नै । त्यसलाई चिरफार गर्दै दोषहरु जति सच्याउँदै अर्थात क्लिनचिट् गर्दै लैजाने भन्ने न हो । हरासा. नेतृत्वले आफूभित्र विजारोपण भएको त्यो बैगुनी अंहकार र क्रोधलाई जसै डिस्पोज गर्नैपर्छ । आफै भित्रको अंहकार र क्रोधको शत्रु पालेर आँखाले देखेका एकाध बाहेक सबैलाई आफ्नो वर्गीय शत्रुहरु भए जसरी आक्रोश पोख्नु, जसको नेतृत्व हुनुको गम्भीर लज्जाको विषय हो । यो उनको हकमा शुभ लक्षणको संकेत होइन ।
अतः यसवेला हरासाले पक्ष–विपक्षको दृष्टिकोण नराखी, समान रुपले सबैको मनहरु जितेर जनमत बटुल्ने हो । निर्वाचनमा सहभागी सबै दलहरुको स–सम्मान तिनको अस्तित्व स्वीकार्ने हो । जोसँग भएका सम्बद्ध दल÷पार्टीहरुको मतदाताहरुलाई आफू केन्द्रित सहानुभूति र हार्दिकताको कदरहरु गर्दै, तिनको मतहरु पनि खसाल्ने भूमिकाहरुमा देखिनु सक्नुपर्छ । नेतृत्व आफैले भावबेगमा अरुहरुप्रति तथानाम बर्बराएर, आलोचकहरुको संख्या थुपार्नु भएन । अरुलाई औंल्याएर आलोचना गरेपछि त्यसको सवाल जवाफको आलोचना पनि आफुतिर नि आउँछ नै । त्यो सहन गर्नसक्ने आलोचनात्मकचेत नि हुनैपर्छ । भन्नुपर्दा, यिनले नदुखेको टाउको आफै चोयाले बाँधी दुखाएको हुन् । मतलव आफ्नै अंहकार पाल्ने रहरको कारण आलोचकहरु जन्मेका हुन् भन्दा अतिशयोक्ती नहोला सायद । श्रमकर्ममा पसिना चुहाउँदै कामैले सबैको मन जितेका मेयरले वेलगाम बोल्नु र स्टाटसहरु सञ्जालमा पोष्ट्याई रहनु के आवश्यक थियो ? कामैले जितिसकेपछि बिना कारण उनको अगाडी आलोचना गर्ने र औंल्याउँने सक्ने को हुन सक्थ्यो ? जसकोचेन् समर्थक, शुभेच्छुक र प्रशंसकहरु सिवाए कोही केही औंल्याउँनेहरु नभएको शून्य अवस्थामा मेयर आफैको अहंमताले आलोचकहरुको संख्या बढाइदै लगेका हुन् । यसको कारकतत्व उनी आफै हुन् । अरुलाई दोषहरु लगाइनुको कुनै तुक छैन् । काम गरेर मन जित्नेको अगाडी, जोसुकै श्रद्धाले झुक्छन् र झुक्नु नि पर्छ ।
श्रम सेवक, सर्व प्रीय सेवक हो । जुन बोली वचन र स्टाटस् अक्षरहरु पनि त्यस्तै सर्व प्रीय लाग्ने सुन्दर राख्न सके श्रद्वा चुलिन्दै जान सक्थ्यो । जो आलोचकहरु शून्यमा झर्दै निख्रिन्दै सकिन्थ्यो क्यारे । विट्यौंनीमा कहनुपर्दा, आवरणमा देखिए जस्तै राजनीति दलको शीर्ष नाम नि आकर्षण र लोभलाग्दो फुरेको छ । तर यसको यथार्थ कलेवरको चित्रणमा देखिने, नेतृत्व वर्गको कर्म र व्यबहारहरु पनि उस्तै कुरुपताविहीन औधी सुन्दर नै देखिन्दै जानसक्नु पर्छ । अन्तः नाम र कर्म व्यबहार क्रसम्याचहरु भएपनि त्यो भन्दा फरक दृष्टिकोण र सोंच विचारहरु जनता माँझ प्रफुष्टनहरु भए गरे, त्यो विरोधाभाषले आफैको गला रेट्न पुग्नेछ । फिरः अहिलेको जस्तो चुनावी सम्बोधनलाई हर्कवादको मानक ठानियो भने, त्यो क्षणिक स्टण्ड बाजी सिवाए केही हुनेछैन् । तथापी पार्टीको नेमप्लेट बोर्ड जस्तै, व्यबहार तः कर्म र सोंचहरु बदल्न सके श्रसपाले लोभलाग्दो जनमत बटुल्ने ल्याकत राख्न सक्छ, भने देशको राजनीति सत्ताको केन्द्रमा ढेंस्यु दिनसक्ने पावरको हैसियत नि राख्न सक्ला । त्यसको मतलव सत्तापोलबाट यी हरासाले गोल गर्न सक्छन् । उनी नेपाली राजनीतिमा उदाएका लोभलाग्दो स्ट्राइकर नि हुन् । सत्तासनमा पुग्न सके सुन्दर गोल एटम् गर्न सक्ने निर्विकल्प नेता हुन् भन्नेमा दुइमत छैन । तर उनको त्यो रुखो ब्यहोराचेन् भोलि देश र जनताको हकमा बाधक नै बन्नसक्छ । उनले त्यो अपरिहार्य रुपले बदल्नैपर्छ ।
सर्टेन्डेथका रक्तपिपासु शासकहरु
अन्ततः उखाने ओलीको न थुतुनो न मुतुनोले काम गर्यो । आखिर देशलाई अग्रगामी विकासको निकास दिन नसक्ने थुतुनो र परिवारलाई अण्डा कोरल्न दिन नसक्ने मुतुनोको हकमा नेपाली आख्याँन मुताविक सत्र अलच्छिनाको रूपमा अभिशाप बन्न पुग्यो । ओलीको थुतुनो चलाउँने मुख र तिनको अनुहार देखिनु नेपाली राजनीतिमा अहिले अलच्छिन ट्यागको सिम्बोलिक रुपको आँखाले हेर्ने नयाँ भाष्यहरु सिर्जित हुँदै गएको सुन्न पाइन्छन् । यसपटक सम्पन्न हुने निर्वाचनमा (२१ फागुन) ओलीको मुख र कांग्रेसको रुख नेपाली जनता माझ् नभएको राम्रो, भन्ने कथनका टिप्पणीकार युवानेता खगेन्द्र सुनारको हो । उनी दलित आन्दोलनका जुझारु अभियन्ता पनि हुन् । जुन प्रस्तुत उक्त कथनको भिडियो क्लिप्स् अहिले सामाजिक सञ्जालभरी भाइरल बन्न पुगेकोछ । पछिल्लो जेञ्जी विद्रोहको आन्दोलनमा ७६ जना बढी जेञ्जी विद्यार्थी नानी बाबुहरुको ज्यान लिने रक्तपिपासु नरभक्षी यिनै ओली हुन् । त्यहीँ नरभक्षी अघोरी ट्यागको कारण यिनको मुख÷अनुहार देख्नुलाई नेगेटिभ सेन्समा शुभ–साईत विग्रनु अर्थात सत्र अलच्छिनालाई भेट्नु÷देख्नु भन्नू हो ।
जसले आफूलाई यो देश र सत्ताको किङ मेकरको रूपमा बादसाह ठाने र निरङकुश तानाशाही बन्ने कुचेष्टा गरे । यी आफ्नै सत्ता पोलमा गोलपोष्ट गर्ने आत्माघाती बहादुर स्ट्राइकर नि हुन् । दुइतिहाई बहुमतको शक्तिशाली शासक वनेका बेलाताका, नेट्वलमा गोलपोष्ट नै गर्न नसक्ने नामर्द स्ट्राइकर पनि यिनै नपुंसकधारी हुन् । नेटवल भन्नुको अर्थ खेल मैदानमा विपक्षी खेलाडी विहीन भएको अवस्थामा खाली पोलमा गोल हान्नु हो । दुर्भाग्य यी त्यहीँ गोल क्याप्टेन र स्ट्राइकर हुन् । जो गोल किपर नभएको खाली पोलमा समेत गोलपोष्ट गर्नै नसक्ने लाछी हुन् । जुन समय उसताक् उनको शासकीय नेतृत्वकालमा सदन र सडकमा विपक्षी ब्रेञ्चविहीन् जस्तै भाथ्यो । विडम्बना गोलपोष्ट गर्नुको साट्टो बरु उल्टै जानाजान् आत्माघाती गोल गर्न मै पो स्ट्राइकर बनेको ठाने । त्यो पनि एकपटक होइन दुई दुई पटक गरी दिएर गोल क्याप्टेन र स्ट्राइकर हुनुको बहादुरी र लोकप्रिय चर्चा–परिचर्चाहरु खुवै कमाएथे । अहिले यिनै आत्माघाती बन्न पुगेका आफूलाई सदा पोर्टिकल गेमको प्लेमेकर किङ् ठान्ने नामर्दीले संसद पुनः स्थापनाको माग गर्दै, सर्वोच्च अदालतमा रिट दायर गरेकोछ । आफैले गरेको गोलको आत्माघाती नदेख्ने तर जेञ्जी आन्दोलन मार्फत सफल क्रान्तिले विघट्न गरेको संसद सभा उनको हकमा पुनः स्थापित गरिदिनु पर्ने रे ? दले तानाशाहीको आँखामा यो कस्तो खाले राजनीति प्लेमेकर वादशाह बन्न खोजेको हो ?
स्मरण रहोस्, दोस्रो आत्माघाती गोल गर्ने उनै बेसुरा लयका प्लेमेकर किङ् बनाइएका देउवा हुन् । आफै सरकारको नेतृत्व प्रधानमन्त्री भएको समय र तत्कालीन अवस्थामा राजा ज्ञानेन्द्र शाहले सत्ताको बागडोर नियन्त्रणमा लिइरहेको बेला संसद सभालाई विघटनको आदेश तोक् गराउँन मध्यरातमा प्रजातन्त्र अपध्वस्त गराउँन, आफ्नो ससुराली राजदरबारमा बुझाउँन गएथे । त्यो समयकाल माओवादी जनयुद्ध चरम उत्सर्कमा पुगेथ्यो । आफ्नो टिमसँग(नेका.पार्टी) संकटकाल लम्ब्याउँने र खारेज गर्नुपर्नेबीचको असहमति हुनपुग्दा, देउवाले कोइराला बुढाको (गिरिजाप्रसाद) रिस र आवेगको कारण राजाको पाऊमा प्रजातन्त्र (२०६१) बुझाएथे । त्यस्तो मतिभ्रष्ट हुनुमा यिनले स्वास्नी आरजुको सोमरस पिएका थिए सायद । यस्ता सन्की जोकर जो कांग्रेसका प्लेमेकर किङका रूपमा स्ट्राइकर स्वीकारी दिनुपरेकोछ ।
कठै..! अर्का नौरंगी क्षेपारे प्रवृत्तिका प्लेमेकर किङ बनेका प्रचण्ड देखिन्छन् । उनी आफैचेन् आत्माघाती गोलचेन् गर्न सकेको देखिएन । तर सत्ताभोगका त यिनी हरामी प्लेमेकर स्ट्राइकर नै हुन् । भनिन्छ, सत्ता र स्त्री उस्तै लाग्छन् । एकपटक भोग्न पाएसी भोग गर्न मन लागिरहन्छ रे । त्यो सत्तामुखी मृग–तृष्णाबाट यी प्रचण्ड एकरत्ति पर भाग्न सकेको भने देखिन्दैनन् । यत्ती हो यिनले आफ्नो सरकारको नेतृत्वकालमा संसद भंग गर्न लगाएनन् । बाँकी आफ्नै नेतृत्वको सरकार ढाल्ने र गठबन्धन मोर्चाको नाममा अस्थिर सरकारको खेल–खेलाउँने कप्तानको नेतृत्व त कति गरे कति के । त्यस्तो खेलहरुको कप्तानको नेतृत्व गर्ने लाममा यिनी स्ट्राइकरको रूपमा आफूलाई बादशाह नै ठान्छन् । यिनले आफ्नो सत्ताको भर्र्याङ् भनेकै आदिवासी जनजाति, सिमान्तकृत वर्ग, जाति र उत्पीडित समुदायहरु हुन् । यिनै वर्गहरुको राजनीति अग्रधिकारको नाम र तिनको हकमा, सत्ताको विलोमा अंश छुट्टयाएर सत्ताभोग गरिरहन पाउँने नम्बर वान् भाग्यशाली खेलाडी यिनै हुन् । सत्ताभोगमा हुँदा यी वर्गहरु कहिल्यै देख्दैन अनि रत्तिभर चिन्दैनन् पनि । विडम्बना जब सत्ताबाट भुईँमा पछारिन्छन्, तब फेरि यिनै आफैले उपेक्षित गरेका बर्गहरुलाई फेरि सत्ताको भर्र्याङ् चढनलाई खोज्न थाल्छन् । राजनीतिमा यस्तो निष्कपट् र निष्कलंकित सफेद् चारित्रिक गुण बदल्न नसक्ने, क्रान्तिकारी दले पार्टीको स्ट्राईकर खेलाडीलाई कहाँ पाउँने ? यस्तो नेतृत्व गर्ने कप्तानलाई पोर्टिकल प्लेमेकर किङको रूपमा स्ट्राइकर स्वीकारी दिनुपर्ने अनि यो लोकले निगुर मुन्टी न बनेर अगाध श्रद्धाका साथ पूजी पनि दिनुपर्ने । गज्जव छ लाल कमरेडहरुको फेरिन्दो सौन्र्दर्य र जनवादी जीवनशैलीहरु । जे होस् यसपटक यी त्रि–शुंकु दले पार्टीका रक्तपिपासु शासकहरुको हकमा यो निर्वाचन अन्तिम सर्टेन–डेथका रूपमा आम नेपालीजनले प्रयोग र फैसला गर्नुपर्ने भएकोछ ।
गोल गर्ने सक्नेहरुबीचको मतभेद र निष्कर्ष
यो आलेख थुर्याउँदै गर्दा, उज्यालोका मुक्तिदाता कुमाघि.(कुलमान घिसिङ) र रास्वपाबीचको एकता भंग (२६ पुस) भएको खवरहरु बाहिरिएको छ । पदीय अशिंयारमा भागभण्डा नमिल्दा उनीहरुबीच सम्बन्ध विच्छेद भएको हो भन्ने बुझ्नलाई रत्ति गार्हो भएन । देशमा यी ट्रीपल(रवि, वालेन र कुलमान) स्ट्राइकरहरु एकठाँम् उभिएको सन्देशले, जेञ्जी विद्रोहको मूल भावनाको फलो गर्यो भन्नेथ्यो । ट्रीपल क्यु स्टारहरु हार्दिक धन्यवादका पात्र नि भएथे । विडम्बना त्यो एकता १२ दिनभन्दा पर टिक्न सकेन । पार्टीमा रविको त्याग र लगावको लोकसामु चित्रण देखि सके । अहिले लगत्तै कुमाघिको यथार्थ उनको राजनीति चरित्रको ब्यबहार पनि लोकले ह्वाङगै देख्न पुगे । उनी कुशल व्यबस्थापक बन्न सके । दुर्भाग्य राजनीति प्लेग्राउँण्डमा भने उनी अस्थिर, नैतिकहीन् र पदीय महत्वकांक्षी राख्ने नम्बर वान लोभी पापीको रूपमा चित्रित एवं दर्ज हुनपुगे । फेरि सत्तापोलबाट भर्खरै गोल स्कोर गरेर बाहिरिएका मन्त्री, उनी सुन्दर गोल गर्नसक्ने स्ट्राइकर खेलाडीको रूपमा आफूलाई प्रमाणीकरण गर्ने ब्यक्तित्व पनि हुन् । अफसोंच आज उनै लोभलाग्दो स्ट्राइकर यो चुनावी माहोलमा भने एक्लै हिड्ने अहंकारको रहर पाले । हरासा र कुमाघि एउटा शक्तिशाली टिमवर्क निर्माण अर्थात सेटिङ नमिलाईकनै एक्ला–एक्लै गोल गर्न चुनावी मैदानमा निस्किने देखिए । यदी आफ्नै टिमको पोल रक्षा गर्न सकिएन भने, आफैले गोल खानुको हैराँन हुन सकिन्छ । एउटा शक्तिशाली स्ट्राइकर बनेर÷भएर गर्ने के ?
जुन टिममा डिफेन्स, मिडफिल्डर लगायत अन्य सहयोगी खेलाडीहरु नभई आफै स्टार स्ट्राइकर बन्न सकिन्छ र ? अनि पुरै टिम शक्तिशाली देखिनु पर्दैन र ? नत्र त वहीँ स्टारडम् बनेका, कृष्टियानो रोनाल्डोको म्यानेचेष्टर क्लवको शक्तिशाली स्ट्राइकर मात्र बन्न सकिन्छ । क्लवबाट खेल्दा त गोल स्कोरको संख्या त अनगिन्ति गरे । तर दुर्भाग्य अहिलेसम्म उनले आफ्नो देशलाई (पोर्चुगल) वल्डकप दिलाउँन सकेका छैनन् । यता वार्सिलोना क्लवबाट अर्का ख्याती कमाएका स्टारडम् स्ट्राइकर खेलाडी उनै मेसी हुन्, जसले आफ्नो देशलाई (अर्जेन्टिना) पुनः वल्डकप (२०२२) दिलाउँन सफल बनेथे । फुटबलको संसारमा यी यस्ता वादशाह कहलाइएका स्ट्राइकर खेलाडीहरु त काफी नै छन् । तर अहिलेतक् पेले र म्याराडोनो पछिका विरासत धान्नसक्ने फुटबलर वादशाह यिनै मेसी र रोनाल्डोलाई मानिने गरिएकोछ । अब भन्नोस् मेसी की ? रोनाल्डो बन्ने हो ? हरासा र कुमाघिले कित्ता क्लियर गरेर देखाउँन सक्नुपर्छ ।
परन्तुः उसो नभएको खण्डमा नयाँ क्लवहरु (पार्टी) खोल्नेहरु भर्सेज पुरातनवादी त्रिशंकु दले (कांग्रेस, एमाले र माओवादी) पार्टीहरुबीच सत्ताबाजी खेले पुराना दलेहरुले नै कमफम् जित्ने छन् । मतलब नयाँ भनौंदा स्ट्राइकरहरु एकठाँममा एउटै टिम बन्न नसके पुराना दलेका स्ट्राइकरहरुले आफैतिर गोल हान्ने छन् । फेरि धुलो चटाउँने छन् भन्ने हेक्का पनि राखौं । सत्ता प्राप्ति गर्ने र यदी शसत्र्त गोल नै गर्ने संकल्प हो भने नयाँ क्लवहरु (पार्टी) खोल्ने गोल क्याप्टेनहरुले एकसाथ मिल्नु र एउटै चुनाव चिन्ह प्रयोग गर्नुको एकरत्ति विलल्पै होप/छैन । फलतः अहिलेको हकमा उनै पुराने त्रिशंकु दलेहरुलाई काउण्टर गर्नसक्ने ल्याकत रास्वपाले मात्र राख्न सक्छ भन्ने अघिल्लो उसको चुनावी परिणामले देखाएको छ । जुन पार्टीमा रहरलाग्दो जनलहर पनि उर्लिन्दो छ । हिजो सदन र सरकारमा हुँदाको उनीहरको उपस्थिति पफर्मेन्सले पनि प्लस् पोइन्ट गरेको देखिन्छ । साथै पार्टी र संसदमा पनि उस्तै योग्य बौद्धिक युवापुस्ताहरु समाहित गरेका छन् । त्यसले उनीहरुको पार्टी अस्तित्व र गरिमासँगको बढ्दो क्रेजले पनि ज्यादै शक्तिशाली देखिन्दो छ । अनि हिजोका दलेहरुले भन्दा यहीँ रविको पाटीले केही गर्नसक्छ भन्ने बढी जनमत पनि देखिन्दै गएकोछ ।
तसर्थः रविको रास्वपासँग सति नै जानुपर्छ भन्ने नि हुन्न । अर्थात पार्टी मर्ज/विलय नै गर्दामात्र एकहुन सकिने भन्ने नि नहुन सक्छ । पार्टी मर्जहरु नगरीकनै मात्र सम्झौंताहरु मार्फत मिल्न त पक्कै सकिन्छ नै । भोलिको दिनमा पार्टीको अस्तित्व त आ–आफ्नो ठाउँमा छँदैंछन् । अन्तः खेलकुदको (फुटबल) कुनै पनि क्लवहरुमा एउटा शक्तिशाली टिमवर्क निर्माण गर्न जुनसुकै क्लवको होस् वा देशहरुको राम्रा–राम्रा स्ट्राइकर खेलाडीहरु किनेर भित्राइन्छन् । त्यो क्लव र टिमलाई शक्तिशाली बनाउँछन् र अन्ततः खेलहरु जित्ने गर्छन् । त्यस्तै चुनावमा बहुमत ल्याउँन सक्ने एउटा शक्तिशाली पार्टीको टिम त बन्न सक्नुपर्छ । त्रि–शंकु दले पार्टीहरुले गर्ने गठबन्धन र चुनावी तालमेलहरुको राजनीति सूत्रचेन् सिकौं । अन्त न सत्ता प्राप्ति होला र गोलपोष्ट गर्न सकिएला । फिरः चुनावी सत्तापलटपछि आ–आफ्नै पार्टी अस्तित्व लिएर आफ्नै घरहरु फर्कन सकियो । अनि बाधा, अड्चन र उल्झनहरुचेन् केमा छन् ? मात्र राजनीति मार्फत देश हाँक्न सक्छु भन्ने नेतृत्वहरुमा अहंकारको ब्यक्तित्व टकारावबीच इत्छाशक्ति प्रकट नभएको हो भन्ने बुझ्नलाई कठिन् नहोला ।
यो आलेखलाई विट्मार्दै गर्दा, त्रिशंकु दलेका थ्री ब्याड् प्लेब्वोईहरु जस्तो आफैलाई मात्र आइडोलोजी र ब्राण्ड ठान्ने हो भने नयाँ र पुरानाबीचको लक्ष्मण रेखा किन कोर्ने हो ? आखिर त्यहीँ पुरानै प्रवृत्ति संस्कारहरुलाई नै आत्मासाथ गर्दै, केवल उमेर हदबन्दी र सत्ता शासक मात्र हेरेफेर गर्ने अनि शासकीय संरचनाहरुमा विधिको शासन पुन जागृत नगर्ने हो भने, किन गोल गर्नुपर्ने जरुरी रहयो र ? नयाँ पुस्ता त्यो हो, जसले पुरानो स्वेच्छाचारी प्रवृत्तिहरुलाई भत्काउँने साहस औं दम राख्ने आँट गर्नसक्छ । जस्तो की पुरानो दले कांग्रेस अहिले विशेषः महाधिवेशन (२७–२९ पुस)बाट पार्टीमा त्यो परिवर्तन गर्नलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरुले देउवासँग पार्टी नेतृत्वबाट अलग्याए पार्टीको नेतृत्व सम्हाल्न सफल भएका छन् । यता अर्का एमाले. पाटीलाई आफ्नो निजी कम्पनीको विरासत जस्तो ठान्ने ओली भने गत महाधिवेशन (११–१४ मंसिर) पछि फेरि बौरिएका छन् । उसको निरङकुश स्वेच्छाचारिताको बर्खिलाफमा उभिनेहरु देखिए नि दुर्भाग्य गलहत्याउँन सकेनन् । अर्का सत्ताका ब्याड् प्लेब्बोई प्रचण्ड भने, आफ्नो घर खरानी पारेर दोस्रो घरको मालिक बन्ने दौड्मा छन् । भनेसी पुरानामा पनि त्यहीँ भित्रका दोस्रो युवापुस्ताका नेताहरुले त्यो स्वेच्छाचारिता भत्काउँन जसै लडि नै रहेको देखिन्छन् । अतः उनीहरु आफै भित्रको पार्टी शुद्धीकरणको लडाइँमा छन्, भने अहिलेका नयाँ देखिने अनुहारहरुको लडाइँ, पार्टीको होइन पुरै देशको शुद्धीकरण गरिनु हो । मतलव गोलैगोलहरु गरेर परिणामको स्कोर संख्या पनि देखाउँन वा निकाल्नु सक्नुपर्छ भन्ने पनि लडाइँ हो यो ।
अहिलेको विषम परिस्थितिको हकमा भन्नुपर्दा, हरासार कुमाघि आफै एक्ला–एक्लै लड्दै स्टारड्म् ब्राण्ड भएको पगरीको फेटाहरु गुथेर यदी त्यहीँ अहंकारको रवाफ नै देखाउँने हो भने, भोलि देखिने चुनावी परिणामले त्यो चुरीफुरीको अस्तित्व नि त्यहीँ माटोमा मै सिध्याई दिन्छ । अन्तः लोकसामु मरिचको अनुहार लिएर कसरी त्यो लज्जा शरणमको फेस गर्ने हो ? फेरि त्यहीँ लोकसामु माङगेन्ना÷शीर उठाउँनुलाई उसै नि गार्हो हुनेछ । तसर्थः हरासा र कुमाघिद्वयले फुटबलर स्टारडम् वादशाह बनेका मेसी की रोनाल्डो बन्ने ? या रोज्ने हो ? या तासको शक्तिशाली एक्का मात्र बन्ने की ? सत्ताको शक्तिशाली वादशाह बन्ने हो ? जो तजविज, आगे विचार..!
(लेखक माङसेबुङ मासिकका स्तम्भकार हुन् /प्रस्तुत लेख माङसेबुङ मासिकको माघ(२०८२)अंकमा प्रकाशित लेख हो)








