मौसमको निर्देशनमा मिलन र दिलिपको पालाम ‘सिक्किमबा तरेबा ईत्निङ्ल’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०१, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मौसमको निर्देशनमा मिलन र दिलिपको पालाम ‘सिक्किमबा तरेबा ईत्निङ्ल’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । येले साम्लो नाईसुम ५०८६ का विजेता गायिका मिलन आङदेम्बे र उपविजेता गायक दिलिप माखिमको सुमधुर अवाजमा सजिएको पालाम ‘सिक्किमबा तरेबा ईत्निङ्ल’ सार्वजनिक गरिएको छ ।

कर्मिला आङ्देम्बे सेर्माको शव्द संकलन तथा यादन सेर्मा ‘नुनाम’को लय संकलन रहेको लिम्बू संस्कृतिमा आधारित पालाम ‘सिक्किमबा तरेबा ईत्निङ्ल’ को भिडियो कर्मिला सेर्मा आङदेम्बे युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

मौसम परिवर्तन याक्थुङ्बाको निर्देशनमा, हिकस राईको छायांकन, मुहा सिं मगरको सम्पादन रहेको पालाम भिडियोमा मिलन आङ्देम्बे, दिलिप माखिम, मन्जु आङ्बुहाङ तुम्बापो, मिलन लुङ्सुहाङ, लाओती याक्थुङ्मा, आयन राई र सुक बिर लिम्बूको अभिनय रहेको छ ।

अशोक थापाको संगीत संयोजनमा कर्मिला आङ्देम्बे सेर्मा र आर बि निङ्लेकुको समेत आवाज रहेको पालामको रेकर्डिङ काब्य रेकड्र्स दमकमा गरिएको हो । मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

मुन्धुमी मा चुम्लुङ साँस्कृतिक बिभागको पहिलो प्रस्तुति रहेको करिवन ३० मिनेट भन्दा लामो पालाम भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर