कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा निशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन हुने - Mangsebung News
  • आइतबार, जेठ ०३, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा निशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन हुने

  • पदम सुखी सम्बाहाम्फे

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा निशुल्क बृहत स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।

नेपाली सेनाको आयोजना तथा कुम्मायक गाउँपालिकाको व्यवस्थापनमा २०८३ जेठ १३ र १४ गते शिविर सन्चालन हुने शुक्रबार बसेको सर्वपक्षीय भेलाले आधिकारिक निर्णय गरेको हो । कुम्मायक आधारभूत अस्पतालमा सन्चालन हुने सो शिविरमा सुगर प्रेसर क्यान्सर मुटु रोगी नाक कान आँखा महिनावारी गडबडी बाझोपन लगायत शरीरमा हुने विभिन्न रोगको प्रारम्भिक पहिचान गरि निशुल्क उपचार गरिने डा. एडिक बास्कोटाले बताए ।

भौगोलिक बिकटतामा रहेका ज्येष्ठ अशक्त बिरामीलाई प्राथमिकता दिदै जनप्रतिनिधि स्वास्थ्यकर्मी स्वयं सेविका शिक्षक शिक्षिका र विद्यार्थी समेतले उपचारका लागि सहजीकरण भुमिका निर्वाह गर्न सेना किशोर अधिकारीले आग्रह गरे । बिहान ७ बजे देखि साझ ५ बजे सम्म उपचार हुने यो शिविरमा खर्चको अभावले बर्सौ रोग थलिएर बसेका कुनै १ जना बिरामी उपचारको लागि नछुटोस भन्ने उद्देश्य रहेको अधिकारीले बताए ।

गाउँ गाउँ टोल टोलका बिरामीलाई तत्काल खबर गरि कुम्मायक आधारभुत अस्पताल सम्म बिरामीलाई पुर्याउने वातावरण मिलाउन थप आग्रह उनले गरे । पानी र बिजुली सम्बन्धि संबंधित निकायको ध्यानाकर्षण गराउदै व्यवस्थापनमा कुनै त्रुटि हुन नदिन पनि डा. बास्कोटाको आग्रह थियो । यो ऐतिहासिक कार्य भएकोेले सबै बिरामीले निशुल्क सफल उपचार पाउनेमा दुईमत नहुने उनको भनाइ थियो ।

सम्बन्धित खवर