
- आन्छुमे नसान
माङसेबुङ । गायक विवश नेम्बाङ र गायिका तारा थेबे लिम्बूको आवाजमा सजिएको ‘उन्छोन्बा पान्हा इतुङिल्ले ३, फालेलुङ वारी’ सार्वजनिक गरिएको छ ।
रूपा इजम फोम्बोको शव्द तथा लय संकलन रहेको फरक लयमा तयार पारिएको नेपाली भाषामा पालाम ‘उन्छोन्बा पान्हा इतुङिल्ले ३, फालेलुङ वारी’ को भिडियो निरु फोम्बो हाङमा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
सुवास राईको निर्देशन रहेको भिडियोमा हरिकुमार फोम्बो, पूर्ण लिम्बू, आशिष लिम्बू, हर्क घिसिङ, मकर एभेङ, होम लिम्बू, अनिल लिम्बू, बिक्रम लिम्बू, रम्बोहाङ राई, रूपा इजम फोम्बो, शालु फोम्बोहाङमा, तारा लिम्बू, रम्भा फोम्बो, मनमाया इङनाम लिम्बू, बिष्णु कुमारी नेम्बाङ लिम्बू, पारू फोम्बोहाङमा, नुमा फोम्बोहाङमा र इतुसा फोम्बोहाङमाले अभिनय गरेका छन् ।

रूपा इजम फोम्बो र हरिकुमार फोम्बोको निर्माण रहेको भिडियोमा उर्मिला पौडेल र निरु फोम्बोहाङमाको श्रृंगार, बिनोद लामाको छायांकन र नरोत्तम पाण्डेको सम्पादन रहेको छ । मनोज साङसोनको संगीत संयोजन रहेको पालामलाई किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
करिव २५ मिनेट भन्दा लामो भिडियोमा फरक फरक पुस्ताका थाङबेन मेन्छिनहरुको धान नाँचलाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ ।
पालाम भिडियो हेर्नुहोस…







