
- आन्छुमे नसान
माङसेबुङ । गायिका मनु नेम्बाङ फक्ताङलुङ आइडल सेक्फुङ ३ का विजेता गायक असल तुम्रोकको सुमधुर आवाजमा सजिएको लिम्बू संस्कृतिमा आधारित पालाम ‘सेमुक्ति माङे’ सार्वजनिक गरिएको छ ।
असल तुम्रोकको शव्द संकलन तथा मनु नेम्बाङको लय संकलन संकलन रहेको पालाम ‘सेमुक्ति माङे’ को भिडियो गीता पालुङवा अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनु नेम्बाङको निर्देशन तथा दिनेश माङमुको कोरियोग्राफी रहेको पालाममा गीता पालुङ्वा, जीवन केदेम, मनु नेम्बाङ, जानू काम्बाङ, असल तुम्रोक, पुर्ण लिम्बू, अभिषेक पालुङ्वा, राजकुमारी तुम्रोक, सङ्गिता सम्बाहाम्फे, आशा काम्बाङ र मनमाया आङ्बुहाङले अभिनय गरेका छन् ।

चन्द्र वाम्बुले र सुजन श्रेष्ठको छायांकन, सोम मगरातीको श्रङ्गार, निश्चल कुलुङ राईको कला र चन्द्र वाम्बुलेको सम्पादन कलरिङ तथा ग्राफिक्स रहेको भिडियोमा टेकराज सम्बाहाम्फे, कबिता लिम्बू, मनु सम्बाहाम्फे र सरुम्बा माइलाले समेत अभिनय गरेका छन् ।
राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गितलाई एभरेष्ट रेकर्डिङ स्टुडियो, लगनखेलमा चन्द्र वाम्बुलेले रेकर्ड गरेका हुन् ।
चासोक तङनामको अवसरमा छायांकन गरिएको पालाम भिडियो निक्कैनै उत्कृष्ट बनेको छ ।
पालाम हेर्नुहोस…








