दिलिप माखिमको ‘नानुरुङमा तरेमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिलिप माखिमको ‘नानुरुङमा तरेमा’ सार्वजनिक(भिडियो सहित)

माङसेबुङ । गायक दिलिप माखिम लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको रोमान्टिक प्रेमिल गित ‘नानुरुङमा तरेमा’ सार्वजनिक गरिएको छ ।

विक्रम फागो वनेमको कथा तथा निर्देशनमा सञ्चारकर्मी तथा गितकार आन्छुमे नसानको शव्द तथा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको रोमान्टिक प्रेमिल गित ‘नानुरुङमा तरेमा’ को म्युजिक भिडियो दिलिप लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रेम, रोमान्स, ख्यालठटा र पहिलो भेटमा नै मन पराएको मेन्छ्यासँग मनमनै प्रेम गर्ने, मेखिम गर्ने, जीवन समर्पित गर्ने परिकल्पनामा डुबेको थोङबेनको रोमाञ्चक कथा प्रस्तुत गरिएको भिडियोमा गुञ्जन लावती र बिनिसा माखिमले अभिनय गरेका छन् ।

दिलहाङ सङबाङफेको सहायक छायांकन तथा कोरियोग्राफीमा र स्वागत राईको समेत कोरियोग्राफीमा संयोग राईको छायांकन तथा सम्पादन, दिलिप चाम्लिङ राईको सहायक छायांकन रहेको भिडियोमा श्रेयसी साम्बा र अमिसा थेगिम लिम्बूको मेकअप रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा काव्या रेकर्डिङ स्टुडियो दमकमा रेकर्ड गरिएको गितको रेकर्डिङ अशोक थापा र आइन्द्र नेम्बाङले गरेका हुन् ।

इलामको माङसेबुङ र पान्थरको मिक्लाजुङ आसापासका ऐतिहासिक तथा रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियो निक्कै नै उत्कृष्ट बनेको छ ।

किरात साम्यो साक्थिमगेन पान्जुम्भोका कलाकारहरुको कोरष नृत्य रहेको भिडियोमा युमा थुलुङ राई, अप्सरा येत्तेन, बिपना येत्तेन, निस्मा योङहाङ, अप्सरा तुम्बापो, फुङहाङ लावती, नाम्साङ माखिम, लावुनहाङ केरुङ, शाहिल पराङदेन, अभिषेक राई, प्रवेश गुरुङ र विवेक मगरले समेत अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर