‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापाले चुम्यो - Mangsebung News
  • मङ्गलबार, फागुन १२, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापाले चुम्यो

Screenshot

माङसेबुङ । ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले चुमेकी छन् ।

हिमालय टिभीमा प्रसारण हुने सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को शनिबार सम्पन्न ग्रान्ड फिनालेबाट कोच राजु लामाको टिमकी निताले उपाधि चुमेकी हुन् । उनी ‘द भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने पहिलो महिला प्रतिस्पर्धी हुन् ।

यसैगरी कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता बनेका छन् । टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्धितीय उपविजेता बन्दा टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन् ।

फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गरे ।

सम्बन्धित खवर